मुख्य समाचारसमाचार

दोलखाको पाटागाँउमा एक महिलाको हत्या भएको आशङ्का

दोलखा/दोलाखको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ६ लापिलाङ्ग पाटागाँउमा एक महिला आफ्नै घरको कोठामा मृत भेटिएको छ । स्थानीय ७५ बर्षिय पदम कुुमारी सुुनुुवार आफ्नै कोठामा मृत भेटिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक बिक्रम लामाले बताउनुु भयो ।
घट्ना शङ्कास्पद देखिएकोले अनुसन्धानको लागि तालिम प्राप्त कुकुुर मगाईएको र घट्ना स्थल सिल गरिएको प्रहरी निरीक्षक लामाले बताउनुु भयो । मृतक सुुनुुवार घोप्टो परेर सुुतेको र पछाडी कपाल काटिएको प्रहरीले जनाएको छ । मृतकसंगै हतियार समेत रहेकोले घट्ना शङ्कास्पद रहेको प्रहरी निरीक्षक लामाले बताउनुु भयो । मृतकको आफन्तले उनको हत्या भएको आशङ्का गरेका छन् ।
श्रीमानको निधन भै सकेकोले मृतक घरमा एक्लै बस्दै आएको आफन्तले बताएका छन् । मृतक पदम कुुमारी सुुनुुवार बस्ने घर भन्दा तल अर्को घरमा बुहारी र नाती बस्दै आएका थिए । उनीहरुले विहान करिब ९ बजेतिर घट्नाबारे जानकारी पाएका थिए । मृतकको दुुई छोरामा एकजनाको निधन भै सकेको र अर्को छोरा काठमाडौमा रहेकोले तल्लो घरमा पनि बुहारी र नातीमात्रै बस्ने प्रहरीले जनाएको छ ।
अहिले प्रहरी निरीक्षक बिक्रम लामाको नेतृत्वमा प्रहरी टोली घट्ना स्थलमै रहेको छ । तालिम प्राप्त कुकुुर आएपछि थप अनुुसन्धान अघि बढ्ने प्रहरी निरीक्षक लामाले बताउनुु भयो ।

सम्बन्धित समाचार