कृषि र सहकारीबागमतीमुख्य समाचारराजनिति

मेलुुङमा एक घर, एक धारा अभियान

दोलखा/दोलखा मेलुङका मनमाया कार्कीको घरमा खानेपानीको धारा निमार्ण भएको २ महिना मात्रै भयो । डोकोमा टाढाबाट खानेपानी ल्याएर प्रयोग गर्नुपर्दाको दुख उहाँ अझैँ सम्झिनुहुन्छ । अहिले आफ्नो घरमै खाने पानीको धारा बनेपछि पहिलेको जस्तो दुख नभएको मनमाया बताउनु हुुन्छ ।
पानी लिन जादा जुकाले टोकेको देखि हिउदको समयमा हिउँमा चिप्लेर लडेको अझै बिर्सिएको छैन– मनमायाले भन्नु भयो ।
सात वटा वडा रहेको दोलखाको मेलुङ गाउँपालिकाले एक घर, एक धारा अभियान अन्तर्गत खानेपानीको पहुँच बाहिर रहेका नागरिकको घर– घरमा प्रदेश र स्थानीय पालिकाको सहयोगमा खानेपानीको धारा, मुहान लगायतको काम हुन थालेपछि मनमाया जस्ता धेरै नागरिक खुशी भएका छन् ।
खानेपानीको आधुनिक धारा निमार्ण भए पछि स्थानीय सरकारको अनुभूति गर्न पाएको मेलुङका अर्का स्थानीय किरण खड्काले बताउनु भयो ।
पालिकाले अन्य पूर्वाधारका कामसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारको काम भइरहेको जनाएको छ । पालिकाका ७५ प्रतिशत बस्तीमा खानेपानीको पहुँच पुगेपछि स्थानीयबासीलाई धेरै सुविधा भएको पालिकाले जनाएको छ । बाँकी २५ प्रतिशत नागरिकलाई स्वच्छ पानी पु¥याउन गाउँपालिकाले चालू वर्षमा साना– ठूला गरी खानेपानीका ५० वटा योजना वितरण गरेको जनाएको छ ।
३० वटा खानेपानी ट्याङ्की, २९ वटा इन्टेक, ५७ दशमलव १५ किलोमिटर खानेपानी पाइपलाइन विस्तार तथा दुई सय ९६ वटा धारा निर्माण कार्य सम्पन्न गरिएको पालिका अध्यक्ष हिरा थोकरले जानकारी दिनु भयो । उहाँका अनुसार यस वर्ष पनि खानेपानीको पहुँच नपुगेको बस्तीमा खानेपानी पुराउने गरि योजना निमार्ण भएको छ ।
पालिकाको धेरै ठाउँमा खानेपानीको समस्या रहेकाले एक घर, एक धारा अभियान अन्तर्गत कामलाई निरन्तरता दिईरहको पालिका उपाध्यक्ष गायत्री आर्चायले बताउनु भयो ।

सम्बन्धित समाचार