मुख्य समाचारयो पनिसमाचार

‘ना’ र ‘बेदीङ’का वासिन्दा अनिदै

दोलखा/दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ मा पर्ने च्छो– रोल्पा हिमताल जाने पैदलमार्गका दुई वस्ति ना र बेदीङ बाढी– पहिरोको जोखिममा परेको छ ।
च्छो– रोल्पा हिमताल विष्फोटको खतरा र वस्ति माथिको भीर खस्छकी भन्ने पिरलोले रातभरी अनिदो वस्नुपर्ने अवस्था भएको बेदीङको स्थानीय दावालमु शेर्पा बताउनु हुन्छ । निरन्तरको बर्षाका कारण च्छो– रोल्पा हिमताल विष्फोट भै हाल्छ की भन्ने त्रास पनि छ, अनि गाँउ माथिको भीर बग्छ कि भन्ने त्रास पनि छ, दावालमुले भन्नु भयो– त्यसैले बर्षा भएको बेला रातभरी अनिदै बस्नु पर्छ ।
असार २४ गतेको अविरल बर्षाले च्छो– रोल्पा जाने मार्गको पाँचवटा पुल बगाएपछि अहिले ना र बेदीङका वासिन्दा अन्यत्र आवत– जावत गर्न नसक्ने अवस्थामा छन् । जसका कारण ना गाँउमा रहेका झण्डै २७ जना र बेदीङमा रहेका विद्यार्थी र शिक्षक समेत झण्डै ३२ जना सङ्कटमा परेका छन् ।
च्छो– रोल्पा जान बेदीङबाट ना गाँउहुदै अघि बढ्नुपर्छ । बर्षायाममा बेदीङकै मानिस ना गाँउमा उक्लने भएकोले अहिले बेदीङमा गाँउले ६ जनामात्र रहेको दावालमुले बताउनु भयो । ना मा भने २७ जना रहेको दावालमुले बताउनु भयो ।
बेदीङमा स्थानीय गाँउले बाहेक साङ्छोलिङ मनस्ट्री लामा स्कूलमा पढ्ने २२ जना विद्यार्थी, तीन जना शिक्षक र एक जना कुक समेत रहेको दावालमुको भनाई ।
बेदीको गाँउमा भीरबाट पहिरो खस्ने त्रास भएपनि स्कूल रहेको ठाँउमा भने पहिरोको त्रास नरहेको साङ्छोलिङ मनस्ट्री लामा स्कूलका शिक्षक बोलेन्द्र आचार्यले बताउनु भयो । च्छो– रोल्पा हिमताल विष्फोट त नहोला तर त्यस्तो अवस्था आयो भने स्कूल पनि जोखिममा पर्ने शिक्षक आचार्य बताउनु हुन्छ ।


ना गाँउ पनि पहिरोको जोखिममा त छैन तर च्छो– रोल्पा विष्फोट भयो भने ना गाँउ पनि बग्ने खतरा छ– आचार्यले भन्नु भयो । इन्जिनियरीङ अध्यन संस्थान पुल्चोकका भूूर्गवविद् डा. वसन्तराज अधिकारी विगतमा च्छो– रोल्पा हिमताल विष्फोटको खतरा भएपछि तीन मिटर पानी घटाउने काम भएकोले त्यतिधेरै जोखिम नहुनुु पर्ने बताउनुु हुुन्छ ।
तर पछिल्लो अवस्थाको बारेमा स्थलगत वा स्याटलाईटको माध्यमबाट समेत अध्यन नभएकोले विष्फोट हुुन्छ या हुदैन भनेर एकिनका साथ भन्न नसकिने डा. अधिकारीको भनाई छ ।
बाढी– पहिरोका कारण आवागमन बन्द भएपछि गौरीशङकर गाँउपालिकाको पहलमा बेदीङ र ना गाँउका वासिन्दा तथा विद्यार्थीहरुको लागि हेलिकप्टरबाट केही खाद्यान्नका सामग्री भने पु¥याईएको छ ।


गत असार २४ गते दोर्जेफाङगुको फेदमा रहेको भुत ताल विष्फोट भै बाढी आएर डोङनाङको वस्ति बगाएको अनुमान गरिएकोले च्छो– रोल्पा हिमताल पनि जोखिममा छ कि भन्ने त्रास बढेको स्थानीय बताउछन् । तर खोलाको पुल बगाएको र ठाँउ– ठाँउमा पहिरो गएकोले च्छो– रोल्पा हिमताल भएको ठाँउसम्म पुग्ने अवस्था नरहेको साङ्छोलिङ मनस्ट्री लामा स्कूलका शिक्षक आर्चाय को भनाई छ ।
दोलखा गौरीशङ्कर गाँउपालिकाको वडा नम्बर– ९ मा रहेको च्छो– रोल्पा हिमताल पुुग्न सिमिगाँउबाट सुर्मुुचे, क्याल्चेन, डोङ्नाङ, थाङ्मिङ, सन्दर, बेदीङ र ना हुुदै जानुपर्छ । अविरल बर्षाको कारण अहिले डोङ्नाङ भन्दा माथि जान नसक्ने अवस्था रहेको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ का वडा अध्यक्ष ङिमगेली शेर्पाले बताउनुु भयो ।

तस्विर साैजन्य- ङिमगेली शेर्पा/बोलेन्द्र आचार्य

सम्बन्धित समाचार