सम्राट चाैलागाई
हिमाल सुन्दर हिउँले गर्दा,
खोली राम्रो माछिले,
श्रावणमा तिमी राम्री हरियो
सारिले।
गहुँगोरो छालामा पहेलो चुरा
छनछन गर्दै बझ्छ पाखुरिमा
पाउजुको तालमा नाच्छ्यौ तिमी
ओठको लालिमा सुहाउछौ तिमी ।
हिमाल सुन्दर हिउँले गर्दा,
खोली राम्रो माछिले,
श्रावणमा तिमी राम्री हरियो
सारिले।
के गन्थन गर्यौ चौतारिमा बसि
किन टोलाएउ तिमी एक्लै बसि
निधार चाउरी पर्ला है सानू बैसमा
दोधारमा नबस रमाइलो गरौं उमेरमा।
हिमाल सुन्दर हिउँले गर्दा,
खोली राम्रो माछिले,
श्रावणमा तिमी राम्री हरियो
सारिले।
प्रतिक्रिया दिनुहोस्