दोलखा/साहित्यिक पत्रकार संघले दोलखाको पर्यटकीय केन्द्र शैलुङमा आयोजना गरेको ‘कविता यात्रा– २०८०’ पौष ६ गते शुक्रवार सम्पन्न भएको छ ।
शैलुङको भैसे बजार स्थित शारदा माविको प्राङ्गणमा बिभिन्न कविहरुले कविता बाचन गरेर कार्यक्रमको समापन गरेका हुन् । कविता यात्रा– २०८० को लागि कवि तथा लेखकहरु पौष ४ गते बुधवार शैलुङ पुगेका थिए ।
संघले कविता यात्रा यो पटक दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८, एसएस फाउण्डेशन काठमाडौँ र समाजसेवी शोभित उप्रेतीको आर्थिक सहयोगमा दोलाखको पर्यटकीय केन्द्र शैलुङमा आयोजना गरेकोे संघका अध्यक्ष राधेश्याम लेकालीले बताउनु भयो ।
कविता यात्रा– २०८० को अन्तिम दिन शैलुङ गाँउपालिका वडा नम्बर– ८ का वडा अध्यक्ष धनबहादुर तमाङको सभापतित्वमा सम्पन्न कविता बाचन कार्यक्रममा मुरारि सिग्देल, राधेश्याम लेकाली, श्रीबाबु कार्की, प्रध्युम्न जोशी, नीता श्रेष्ठ, रुद्र अधिकारी, विनोद नेपाल, नरेन्द्रबहादुर श्रेष्ठ, डा बुनु दाहाल, सुभाषचन्द्र पौडेल, भीमफेदिया, रितु कडेल, नन्दु उप्रेती, नरहरि प्रेमी, प्रा डा गोविन्दसिंह कार्की, सुजित काफ्ले, सविना भण्डारी, मनिषा कार्की, रेखा अधिकारी, सविना थापा, शिव बुढाथोकी लगायतका कविहरुले कविता बाचन गर्नु भएको थियो । कार्यक्रममा एसएस फाउण्डेशनका अध्यक्ष बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, शैलुङ गाँउपालिकाका उपाध्यक्ष पार्वती थापा, शैलुङ गाँउपालिकाका पूर्व अध्यक्ष भरत दुलाल, शैलुङ गाँउपालिका वडा नम्बर– ८ का पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, एसएस फाउण्डेशन दोलखाको संयोजक नवराज खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
शुक्रवारनै समाजसेवी शोभित उप्रेतीले प्रदान गर्नुभएको शैलुङ गाँउपालिका वडा नम्बर– ८ कालापानीमा रहेको जग्गामा स्रष्टा घर निर्माणको लागि बरिष्ठ कलाकार मदनदास श्रेष्ठले सिलान्यास गर्नु भएको थियो । स्रष्टाघर निर्माण पछि लेखकहरु शैलुङ भ्रमणसंगै स्रष्टाघरमा केही दिन बसेर बिभिन्न रचना लेखन गर्न सक्ने र यसले शैलुङको पर्यटन प्रवद्धनमा समेत टेवा पुग्ने समाजसेवी शोभित उप्रेतीले बताउनु भयो ।
२०३९ सालमा स्थापना भएको साहित्यिक पत्रकार संघले २०४० सालबाट कविता यात्रा कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष लेकालीले बताउनु भयो । दोलखाकै पर्यटकीय केन्द्र जिरीमा २०४२ सालमा कविता यात्रा आयोजना गरिसकिएको अध्यक्ष लेकालीले बताउनु भयो । साहित्यकारले देशको परिस्थिति, नागरिकको अवस्थिति, प्राकृतिक सुन्दरता, जनजिवन जस्ता सबै विषयको प्रत्येक्ष अनुभव गर्न सकेको अवस्थामा अझ उत्कृष्ट रचना आउनसक्ने विश्वास सहित साहित्यिक पत्रकार संघले साहित्यकारहरुलाई देशको बिभिन्न ठाँउमा पु¥याउन कविता यात्राको सुरुवाता गरेको लेकालीले बताउनु भयो । संघले शैलुङको यात्रा संस्मरण समेटेर बुक समेत प्रकाशन गर्ने लेकालीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्