बागमतीमुख्य समाचारराजनिति

गणतन्त्रको विकल्प राजतन्त्र हुनसक्दैन– अध्यक्ष नेपाल

दोलखा/नेकपा एकिकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनु भएको छ ।
शनिवार नेकपा एकिकृत समाजवादी दोलखाको १० औ जिल्ला अधिवेशन उद्घाटन गर्नुहुदै केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री नेपालले भन्नु भयो– एकथरी मानिसले संवैधानिक राजतन्त्रको कुरा उठाएका छन्, त्यो अधिकार अहिले राष्ट्रपतिलाई दिईएको छ, गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।
पूर्व प्रधानमनत्री नेपालले भन्नु भयो– गणतन्त्रको कमिकम्जोरी हुनसक्ने, त्यसबारे छलफल गरेर सुधार गर्नुपर्छ तर गणतन्त्रको विकल्पमा राजतन्त्र बारे सोच्न सकिदैन् । पूर्व राजालाई राजनीति गर्न मन भए चुनावमा प्रतिस्प्रर्धा गरेर प्रधानमन्त्री बन्न नेपालले चुनौती दिनुभयो । उहाँले भन्नु भयो– अहिलेको परिवेशमा एकल पार्टी सिस्टमको बारेमा सोच्न सकिदैन, सबै प्रतिस्प्रर्धामा आउनु पर्छ ।


पूर्व प्रधानमन्त्री नेपालले कोरोना महामारी पछि सिंगो मुलुकको अर्थतन्त्र बिग्रीएको उल्लेख गर्नुहुदै राजनीतिक दलहरुले नेपाली जनतालाई कसरी शुखी बनाउने, कसरी समृद्ध बनाउने भन्ने बारे खाका बनाउनु पर्ने बताउनु भयो । उहाँले अपराधि, भ्रष्टाचारीहरु लाई संरक्षण गर्ने राजनीतिक दल जनताबाट अलगिने समेत बताउनु भयो । अहिलेको निर्वाचन प्रणाली गलत भएकोले दलहरु कसरी निर्वाचन जित्ने भन्नु कुरामै केन्द्रीत हुने गरेको समेत बताउनु भयो ।
नेकपा एकिकृत समाजवादी दोलखाका अध्यक्ष भीमप्रसाद दहालको सभापतित्वमा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य शिवप्रसाद भण्डारी, संघिय सांसद गंगा कार्की, बागमति प्रदेशका सांसद कुन्दनराज काफ्ले, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, नेपाली कांग्रेसका केशव चौलागाई, नेकपा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी, नेकपा एकिकृत समाजवादी दोलखाका सचिव अशोक दहाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार