बागमतीसमाचार

अपाङ्ग मैत्री बाटो बनाउन हुराडेकको सहयोग

दोलखा/दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ लामिडाँडाको वडा कार्यालय भवनमा अपाङ्ग मैत्री बाटो बनाउन र फर्निचरको लागि लुथरन वर्ल्ड फेडेरेसनको आर्थिक सहयोग तथा मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाको साझेदारीमा सञ्चालित सामुदायीक सशक्तिकरण र विकासको लागि स्थानीय पहल (लाईसेड) परियोजनाले आर्थिक सहयोग गरेको छ ।
कालिञ्चोक गाँउपालिकाको वडा नम्बर– ४ मा फरक क्षमता (अपाङ्गता) भएका नागरिक अन्य वडाको तुलनामा बढी रहेको र वडा भवन पनि नयाँ बनेकोले अपाङ्ग मैत्री बाटो र फर्निचरको लागि हुरोडेकले सञ्चालन गर्दै आएको लाईसेड परियोजना अन्र्तगत ८० हजार रुपैया सहयोग गरिएको हुराडेकका परियोजना प्रमुख सुन्दर विश्वकर्माले बताउनु भयो ।
वडाको नयाँ भवनमा प्रवेशको लागि अपाङ्ग मैत्री बाटो बनाउन र फर्निचर राख्न झण्डै डेढलाख रुपैयाको अनुमानित बजेट बनाईएकोमा हुराडेकले ८० हजार रुपैया सहयोग गरेको कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ का वडा अध्यक्ष दिपक खुलालले बताउनु भयो । हुराडेकले उपलब्ध गराएको रकमबाटै २४ वटा फर्निचर र अपाङ्ग मैत्री बाटो बनाईएको वडा अध्यक्ष खुलालले बताउनु भयो ।
वडा नम्बर– ४ मा फरक क्षमता (अपाङ्गता) भएका मानिसको संख्या अन्य वडाको तुलनामा बढी छन्, वडा अध्यक्ष खुलालले भन्नु भयो– हुराडेकको सहयोगमा अपाङ्ग मैत्री बाटो निर्माण र फर्निचरको व्यवस्था पछि उहाँहरुलाई सेवालिन आउन सहज हुने अपेक्षा गरेका छौ ।
कालिञ्चोक गाँउपालिका वडा नम्बर– ४ मा पूर्ण रुपमा अपाङ्गता भएका ७ जना र आशंकी अपाङ्गता भएका १२ जना नागरिक रहेको वडा अध्यक्ष खुलालले बताउनु भयो । वडामा प्रवेश गर्ने बाटो अपाङ्ग मैत्री बनाईएको र फर्निचरको समेत व्यवस्था गरिएकोले यसबाट फरक क्षमता (अपाङ्गता) भएका नागरिकलाई सेवा लिन सहज हुने वडा स्तरीय अपाङ्ग समिति वडा नम्बर– ४ का अध्यक्ष जनक खड्काले बताउनु भयो ।

सम्बन्धित समाचार