बागमतीसमाचार

लैङ्गीक हिंसा विरुद्ध अभिमुखिकरण

दोलखा/दोलाखको मेलुङ गाउँपालिकामा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत सरोकारवालहरुको लागि सञ्चालित अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानको अवसरमा अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
समाजमा रहेका विद्यमान लैङ्गीक हिंसा न्यूनिकरण गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, महिला स्वास्थ्य स्वयंसेविका, वडा अध्यक्ष, वडाका जनप्रतिनिधि, नेपाल प्रहरी तथा सरोकारवालाहरुको सहभागतिा रहेको थियो । गाउँपालिकाको उपाध्यक्ष गायत्री आचार्यको अध्यक्षतामा सम्मन्न कार्यक्रममा लैङ्गिक हिंसा, महिला हिंसा तथा बालवालिका माथि हुने हिंसाको कानुनी ब्यवस्था, दण्ड सजायको र वर्तमान अवस्थामा न्याय लिने र दिने प्रकृयको वारेमा अधिवतmा सन्तोष विमालीले जानकारी गराउनु भएको थियो । अभियानको पृष्ठभूमी, वर्तमान अवस्था, हालसम्मको उपलब्धी, अभियानको लक्ष्य उद्धेश्य तथा हिंसा न्यूनिकारणको लागि सरोकारवालाहरुको भूमिकाको विषयमा पालिका उपाध्यक्ष गायत्री आचार्यले प्रशिक्षण गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मेलुङ गाँउपालिका अध्यक्ष हिरा कुमार थोकरले हिंसा कानुनी अपराध भएकोले यसलाई सहन नहुने बताउनु भयो । अध्यक्ष थोकरले हिंसा अन्त्य एक्लै असम्भव रहेकोले घर– परिवार, ब्यतिm तथा सरोकारवाला निकाय सबैको सशक्तm भूमिका आवश्यक रहेको बताउनु भयो ।

सम्बन्धित समाचार