दोलखा/लायन्स इन्टरनेसनल क्लबको डिस्ट्रिक ३२५ डि को दोस्रो क्याबिनेट बैठक सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । बैठकमा डिस्ट्रिक ३२५ डि अन्र्तगतका ७७ वटा क्लबका सदस्यहरुको सहभागिता रहेको लायन्स क्लब अफ काठमाडौँ गौरीशङ्करका अध्यक्ष रविन्द्र नारायण श्रेष्ठले बताउनु भयो ।
लायन्स इन्टरनेसनल क्लबको डिस्ट्रिक ३२५ डि अन्र्तगतका क्लबहरुले गरेका कामको समिक्षा तथा आगामी कार्ययोजनाको विषयमा छलफल गर्न आयोजना गरिएको बैठकको उद्घाटन भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले गर्नु भएको थियो । उद्घाटनको अवसरमा नगरप्रमुख मानन्धरले लायन्स जस्तो अन्तराष्ट्रिय क्लबको बैठक दोलखा सदरमुकाममा आयोजना हुनुले जिल्लाको पर्यटन प्रवद्धनमा महत्वपूर्ण टेवा पुग्नसक्ने बताउनु भयो ।
उद्घाटन कार्यक्रममा अध्यक्षता लायन्स डिस्ट्रिक ३२५ डि का गर्भनर रमेश कुमार लामाले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेत, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायतको सहभागिता रहेको थियो ।
लायन्स क्लब अफ काठमाडौँ गौरीशङ्करका अध्यक्ष रविन्द्र नारायण श्रेष्ठले दोलखा सुन्दर पर्यटकीय जिल्ला भएकोले डिस्ट्रिक ३२५ डि अन्र्तगतका ७७ वटा क्लबको बैठक राखिएको उल्लेख गर्नुहुदै यो बैठकले दोलखाको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा आफुहरुको रहेको बताउनु भयो ।
लायन्स क्लब अफ दोलाखका अध्यक्ष दिपेन्द्र शाक्यले लायन्स क्लबले दोलखामा लामोसमय देखि तिलगङ्गा आखाँ अस्पतालसंगको सहकार्यमा आखाँ अस्पताल सञ्चालन गरिरहेको उल्लेख गर्नुहुदै जिल्लामा हुने दैवि विपत्तिमा समेत लायन्स क्लबले सहयोग गर्दै आएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्