अर्थ र ब्यापारमुख्य समाचारसमाचार

गाँउका पाँच युवाः विदेश जान छोडेर फूल खेती

दोलखा/दोलखाको शैलुङ– ७ फस्कुमा पाँच जना युवा मिलेर फूल खेती सुरु गरेका छन् । स्थानीय भुषण कार्की, सागर वस्नेत, प्रेम कार्की, गोपाल थामी र बाबु तमाङले २०८० साउनबाट शैलुङ– ७ फस्कु निमाटारमा फूल खेती सुरु गरेका हुन् ।
फूल खेती सुरु गरेकोे चार महिनाको अवधिमा बिभिन्न जातको सयपत्री फूल बिक्रि गरेर झण्डै आठलाख कमाई भएको भुषण कार्कीले बताए । पाँच जना मिलेर १० लाख ऋण लिई ६५ रोपनी जग्गामा फूल खेती सुरु गरेका छौ, पाँच भाइ मध्यका भुषणले भने– चार महिनाको अवधिमा झण्डै आठलाखको फूल बिक्रि भएको छ । मेहेनत गर्ने हो भने फूल खेती आम्दानिको राम्रो स्रोत बन्न सक्ने भुषण बताउछन् ।


फूलखेतीको योजना भुषणले नै बनाएका हुन् । एक बर्ष अघिमात्र नेपाल आर्मीको जागिरबाट अवकास भएका भुषण अब के गर्ने भन्ने सोचमा थिए । आफुले नेपाल आर्मीमा जागिर खाएकै बेला कृषि सम्बन्धि बिभिन्न तालिम लिएकोले कृषिसंग सम्बन्धित फूल व्यवसाय राम्रो हुन्छ भन्ने लागेर चार जना साथीहरुसंग सल्लाह गरी काम सुरु गरेको भुषणले बताए ।
उनीबाहेकका चार जना सागर वस्नेत, प्रेम कार्की, गोपाल थामी र बाबु तमाङ रोजगारीको लागि विदेश जाने तयारीमा थिए । आफुले फूल खेतीसम्बन्धि योजना बनाएर उनीहरुलाई सुनाउदा सहमत भै विदेश जाने तयारी छोडेर यसैमा लागेको भुषणको भनाई छ । चार जना मध्य दुई जना साथीहरु रोजगारीको लागि एक पटक विदेश गै सकेको पनि उनले बताए ।
विदेशमा जतिनै मेहेनत आफ्नै घर– गाँउमा गर्ने हो भने परिवारसंग रमाएरै राम्रै आम्दानि गर्न सकिने विश्वास आफुहरुमा रहेको फूल खेतीमा सहभागि अर्का युवा सागर वस्नेतले बताए ।
उनीहरुले फूल खेतीको लागि अनुभव कृषि तथा पशुपंक्षि कृषि फर्म दर्ता गरेका छन् । अहिले कलकत्ते टेन्स बल सयपत्री र स्थानीय रैथाने जातको सयपत्री गरी आफुहरुसंग ८५ हजार भन्दा बढी विरुवा रहेको भुषणले बताए । कलकत्ते टेन्सबल सयपत्री एक केजीको ६५ हजार तिरेर भारतको कलकत्ताबाटै ल्याईएको भुषणले बताएका छन् ।
उनीहरुले एक केजी सयपत्री फूलको दुई सय रुपैयामा बिक्रि वितरण गर्दै आएका छन् । तयारी माला भने एक मीटरको एक सय रुपैयामा र लगाउने माला प्रतिगोटा एक सय ५० रुपैयासम्ममा बिक्रि गर्ने उनीहरुले बताएका छन् । तिहारमा ४० हजार केजीसम्म बिक्रि गर्न सकिने अनुमान गरेको उनीहरुको भनाई छ । आफ्नो फर्ममा नर्सरी समेत रहेको र कटिङ गुलाफ, बेमौसमी सयपत्री लगायतका फूल समेत हुने भुषणले बताए ।
पाँच भाइ मध्यका भुषण कार्कीले फूलखेतीसंगै १५ सय बोट सुन्तला, अलैची र रातो च्याउको खेती समेत सुरु गरेका छन् ।

सम्बन्धित समाचार