खेलकुदसमाचार

सोक्ला भ्याली फुटबल क्लवलाई जर्सी र फुटबल वितरण

चरिकोट/सोक्ला भ्याली फूटबल क्लबलाई जर्सी र फुटबल वितरण गरिएको छ । बागमती प्रदेशका सांसद ठुला थामीले टिम क्याप्टेन विष्णु थामीलाई फुटबल र जर्सी वितरण गर्दै ‘सोक्ला भ्याली फुटबल क्लब’को औपचारिक उद्घाटन गरेका हुन् ।
प्रदेश सांसद ठुला थामीले सोक्ला भ्यालीको टिमले जिल्ला हुँदै राष्ट्रिय खेलकुदल क्षेत्रमा छुटै प्रभावसहितको ‘मेडल’ जित्नका लागि शुभकामा दिएका थिए ।
‘२०८० सालको वडा दशैं र तिहारको शुभकामना छ । यो अवसरमा फुटबल क्लवको औपचारिक उद्घाटन हुनु आफैमा गर्वको विषय हो,’ सांसद थामीले भने,‘सोक्ला भ्यालीको संमृद्धि र विकासमा खेलकुदले थप टेवा पुग्ने छ ।’
यहाँको ग्रामिण सडक स्तरोन्ती, सामाजिक विकास र आर्थिक रुपान्तरणका लागि विशेष जोड दिने सांसद थामीको भनाई थियो ।
नेकपा एमाल बागमती प्रदेश समितिका सदस्य हरिवंश चौलागाईले डिलढुंगा आसपास, फुलपा नेगल, चक्पा, सोक्ला भ्यालीको वृहतर विकासका लागि स्थानीय निकाय र प्रदेश सरकारले विशेष जोड दिनु पर्ने धारणा राखेका थिए ।
यहाँको युवाहरुलाई खेलकुदको विकासका लागि जसरी सोक्ला पर्यटन विकास समाजले भूमिका खेलेको छ । यसमा स्थानीय सरकारले विशेष प्याकेज नै बनाएर विद्यार्थी र युवाहरुलाई प्रोत्साहन गर्नु पर्ने उनको सुझाव थियो ।
सोक्ला भ्याली आफैमा कृषि र पर्यटनको उर्वर भूमि भएकाले भीमेश्वर नगरपालिकाले यसको पहिचान गरेर विकास मोडल बनाउन एमाले नेता चौलागाइको टिप्पणी थियो ।
पर्यटन विकास समाजका सल्लाकार तथा भीनपा २ का पुर्व वडा सदस्य निर बहादुर तामाङले खेलकुद आफैमा व्यक्तित्व विकास र राष्ट्रिय गौरवको विषय भएकाले सोक्ला भ्याली फूटबल टिमले खास अर्थ राख्ने बताए ।
यहाँको समृद्धि र विकासलाई थप सशक्त बनाउनका लागि खेलाडिहरुको समेत भूमिका हुने पुर्व वडा सदस्य तामाङको भनाई थियो ।
भीनपा २ का वडा अध्यक्ष स्टालिन श्रेष्ठको सभापत्तित्वमा कार्यक्रम भएको थियो । वडा अध्यक्ष श्रेष्ठले सोक्ला भ्यालीको विकास निर्माण, पर्यटन प्रवद्र्धन र समृद्धिका लागि योजनाबद्ध ढंगले काम गरिरहेको बताए । टुरिजम मिडिया नेटवर्कका अध्यक्ष अर्जुन तामाङले फुटबल क्लवका खेलाडिहरुलाई जर्सि सेट र भीमेश्वर नगरपालिकाका ज्ञानु खड्काले फुटबल व्यवस्थापन गरेका थिए ।

सम्बन्धित समाचार