मुख्य समाचारसमाचार

इजरायल घट्नाः सरकारलाई सहयोग गर्ने एसएस फाउण्डेशनको चाहना

काठमाडौँ/एसएस फाउण्डेशनका अध्यक्ष बरिष्ठ कलाकार मदनदास श्रेष्ठले सोमवार परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेललाई भेटी इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारलाई नागरिक स्तरबाट जुनसुकै सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।
इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन आवश्यक परे एसएस फाउण्डेशनले नागरिक स्तरबाट विमान चार्टरमा समेत सहयोग गर्नसक्ने संरक्षक समाजसेवी शोभित उप्रेतीको अभिव्यक्ति लगतै परराष्ट्र सचिव पौडेललाई भेटन परराष्ट्र मन्त्रालय पुग्नु भएका फाउण्डेशनका अध्यक्ष बरिष्ठ कलाकार मदनदास श्रेष्ठले यस्तो समयमा नागरिक स्तरबाट समेत सरकारलाई आवश्यक सहयोग हुनुपर्ने उल्लेख गर्नुहुदै त्यसको लागि आफुहरु तयार रहेको बताउनु भएको थियो ।
सरकारले आवश्यक महशुस गर्छ भने हामी इजरायलमा रहेको नेपालीलाई स्वदेश फर्काउन विमान चार्टरको लागि समेत सहयोग गर्न तयार छौ, मन्त्रालयको सचिव पौडेलसंगको भेटमा फाउण्डेशनका अध्यक्ष बरिष्ठ कलाकार श्रेष्ठले भन्नु भएको थियो ।
परराष्ट्र मन्त्रालयका सचिव पौडेलले इजरायलमा भएको घट्ना र त्यसबाट उत्पन्न परिस्थिति प्रति सरकार गम्भीर रहेको र स्वदेश फर्कन चाहने नेपालीलाई विमान चार्टर गरी ल्याउन सरकारले दुई वटा विमानहरु तयारी अवस्थामा राखेको बताउनु भएको थियो ।
तपाईहरुको सद्भावको लागि धन्यवाद भेटमा सचिव पौडेलले भन्नु भयो– सरकारले स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउन दुईवटा विमान तयारी अवस्थामा राखेको छ, अहिले त्यस्तो सहयोगको आवश्यक छैन ।

सम्बन्धित समाचार