दोलखा/पत्रकारहरुको क्षमता अभिबृद्धिको लागि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाले खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम सुरु गरेको छ ।
चार दिनसम्म सञ्चालन हुने तालिमको लागि दोलखाको मेलुङ गाँउपालिका, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमति प्रदेश, दोलखा मिडिया प्रालि र तामाङ पत्रकार संघ दोलखा शाखाको सहयोग रहेको फोनिज दोलखाका अध्यक्ष अर्जुन पाख्रिनले बताए ।
तालिमको उद्घाटनको क्रममा मेलुङ गाँउपालिकाका अध्यक्ष हिरा कुमार थोकरले पत्रकारहरुले खोजमुलक सामग्रीलाई प्राथामिकता दिनुपर्ने बताए । कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, दोलखाका उपाध्यक्ष सिर्जन घिमिरे, सचिव दिलबहादुर केसी, पूर्व अध्यक्ष जीवन लामा, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरीले, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमति प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, तामाङ पत्रकार संघ दोलखाका अध्यक्ष फुर्वा तमाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तालिमको अवधिमा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चिरञ्जीवी मास्के, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघिय उपाध्यक्ष अमरध्वज लामा, कान्तिपुर ग्रुपका उपसम्पादक केदार शिवाकोटी र आर्थिक पत्रकार समाजका अध्यक्ष सुजन ओलीले बिभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको फोनिज दोलखाका अध्यक्ष अर्जुन पाख्रिनले बताए ।
तालिममा बिभिन्न मिडियामा कार्यरत सञ्चारकर्मी तथा पत्रकारिता विषय अध्यन गर्ने विद्यार्थी गरी २२ जनाको सहभागिता रहेको आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्