मुख्य समाचारराजनिति

एमालेमा केपी ओलीको विकल्प छैन– महेश वस्नेत

दोलखा/नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री महेश वस्नेतले नेकपा एमालेमा केपी शर्मा ओलीको विकल्प नभएको बताउनु भएको छ ।
नेकपा एमालेमा केपी शर्मा ओलीको विकल्प छैन र विकल्पको बारेमा बहस पनि भएको छैन, राष्ट्रिय युवासंघ नेपाल दोलखाको नवौ जिल्ला अधिवेशन उद्घाटनको अवसरमा पोलिटब्युरो सदस्य वस्नेतले भन्नु भयो– यस्तो वहस प्रायोजित रुपमा फेसबुक जस्ता सामाजिक सञ्जालहरुमा मात्र चलाईएका हुन् ।
एमाले पोलिटब्युरो सदस्य वस्नेतले भ्रष्टाचार, अनियमितता, ब्यथिति, असुरक्षा जस्ता कुरा प्रधानमन्त्री पुष्पकमल दहालकै कारण मौलाएको उल्लेख गर्नुहुदै त्यसको विरुद्ध राष्ट्रिय युवासंघ नेपालले अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
एमाले पोलिटब्युरो सदस्य वस्नेतले आफ्नो पार्टीले जातीयय, भाषिक, धार्मिक रुपमा कसैलाई पनि विभेद नगर्ने उल्लेख गर्नुहुदै मानिसको परिचय जात, भाषा, लिङ्ग, पेशा, धर्मकै माध्यमबाट स्थापित हुने बताउनु भयो । धरानमा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्ष छितिज थेवेलाई निषेध गर्ने भनिएको प्रशंगमा वस्नेतले त्यस्तो अवस्था आयोभने शसक्त प्रतिवाद हुने चेतावनी दिनु भयो । धरानमा हुने राष्ट्रिय युवासंघ नेपालको कार्यक्रममा आफु शनिवार विहानै धरान जानलागेको पनि वस्नेतले बताउनु भयो ।
राष्ट्रिय युवासंघ नेपाल दोलखाको संयोजक भुवन गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, नेकपा एमाले बागमति प्रदेश कमिटी सदस्य एवं प्रदेश सांसद भरत बहादुर केसी, नेकपा एमाले दोलखाका संयोजक नर बहादुर श्रेष्ठ, राष्ट्रिय युवासंघ नेपाल दोलखाका प्रवक्ता सरोज वस्नेत लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सङ्घका पूर्व अध्यक्षहरु आनन्दप्रसाद पाेखरेल, शिवप्रसाद भण्डारी, बसन्तराज कार्की, बाबुकाजी कार्की, प्राेणप्रताप केसी, हिरा थाेकर, महाराज गुरुङ र धिरज सुवेदीलाई सम्मान गरिएकाे थियाे ।

सम्बन्धित समाचार