दोलखा/नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व मन्त्री जनार्दन शर्माले प्रहरीहरुको सरुवाको विषय नियमित प्रकृया भएकोले त्यसलाई अन्य विषयसंग जोडेर हेर्न नहुने बताउनु भएको छ ।
पार्टी अभियानको क्रममा दोलखा आउनु भएका उपमहासचिव शर्माले हालै भएको एआईजिपिहरुको सरुवा भुटानी शरणार्थी प्रकरणसंग नजोडिएको बताउनु भयो । बिभिन्न मिडियाहरुमा आएजस्तो एआईजिपिको सरुवा भुटानी शरणार्थी प्रकरणसंग जोडिएको छैन यस्तो हुदैन– उपमहासचिव शर्माले भन्नु भयो ।
उपमहासचिव शर्माले आफ्नो पार्टीको अध्यक्ष पुष्पकमल दहाल नेतृत्वको सरकारले मुलुकमा शुशासन कायम गर्न भ्रष्ट्राचार नियन्त्रण अभियान सुरु गरेको उल्लेख गर्नुहुदै नेकपा माओवादी केन्द्रका नेताहरुको सम्पति समेत छानविन गरिनुपर्ने बताउनु भयो ।
उपमहासचिव शर्माले संघियता पछि जिल्ला सदरमुकामहरुमा रहेका बिभिन्न कार्यालयहरु विस्तापित भएको र पाएक नपर्ने ठाँउहरुमा कार्यालय राखिएको विषय संवेदनसिल रहेको उल्लेख गर्नुहुदै प्रदेश सरकारले हरेक जिल्लामा एकिकृत ढङ्गले कार्यालय सञ्चालन गर्नुपर्ने बताउनु भयो । विनाशकारी भुकम्प र कोरोना महामारीको प्रभावले मुलुक आर्थिक रुपमा समस्याग्रस्त बनेको उल्लेख गर्नुहुदै पूर्व अर्थमन्त्री समेत रहनु भएका उपमहासचिव शर्माले यस्तो अवस्थामा बैङ्क तथा वित्तिय संस्थाहरुले व्यवसायीहरुलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने बताउनु भयो ।
उपमहासचिव शर्माले दोलाखको शैलुङमा अन्तराष्ट्रिय स्तरको योग केन्द्र स्थापना गर्ने, कालिञ्चोकसम्मको सडक विस्तार गर्ने, जिरी, दोलखा भीमेश्वर लगायतका पर्यटकीय केन्द्रहरुको प्रवद्धन गर्ने कुरामा आफुले पहल गरिरहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्