बागमतीमुख्य समाचारसमाचार

भेलले बगाउदा बाबु– छोरा बेपत्ता

दोलखा/अविरल बर्षा पछि आएको भेलले बगाउदा दोलखाको विगु गाँउपालिका वडा नम्बर ७ राखामका बाबु– छोरा बेपत्ता भएका छन् । आईतवार विहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका अन्दाजी ३५ बर्षिय निमदोर्जे शेर्पा र उनको छोरा अन्दाजी १२ बर्षिय पासाङ शेर्पालाई बर्षासंगै आएको भेलले बगाउदा बेपत्ता भएको वडा अध्यक्ष दलबहादुर श्रेष्ठले बताउनु भयो ।
आईतवार १२ बजेतिर तीनपाटेमा निगुरो टिप्नेक्रममा अविरल बर्षासंगै माथिबाट आएको भेलले बाबु– छोरोलाई अम्बाटोल मुलखोलामा पु¥याएकोले बेपत्ता भएको वडा नम्बर ७ विगुका वडा अध्यक्ष दलबहादुरले बताउनु भयो ।
शेर्पा बाबु– छोरालाई बगाएको खबर पाउने वित्तिकै गाँउलेहरुले खोजि सुरु गरेको भएपनि अविरल बर्षाकै कारण भेट्न समस्या भएको स्थानीयको भनाई छ । बेपत्ता बाबु– छोराको घरमा अहिले बुढी आमैमात्र रहेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक दिपक खड्काले शेर्पा बाबु– छोरालाई बर्षासंगै आएको भेलले बगाएको खबर प्राप्त भए लगतै प्रहरी घट्ना स्थल पुगेर खोजि सुरु गरेको बताउनु भयो । अविरल बर्षा जारी रहेकोले खोजिकार्य प्रभावित भएको प्रहरीको भनाई छ ।

सम्बन्धित समाचार