काठमाडौ/दोलखाको लामाबगर, लप्ची र रोल्वालिङ क्षेत्रको विकास तथा पर्यटन प्रवद्धन सम्बन्धमा पर्यटन व्यवसायी एवं सञ्चारकर्मीहरु संग बृहत अन्र्तक्रिया सम्पन्न भएको छ ।
काठमाडौँको बत्तिसपुतली स्थित होटल तपसमा आयोजना भएको कार्यक्रममा ठूलो संख्यामा लामाबगर तथा रोल्वालीङ क्षेत्रका स्थानीय र पर्यटन विज्ञहरुको समेत सहभागिता रहेको थियो ।
बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, समाजसेवी सोभित उप्रेती, दिव्यध्वज कार्की, पत्रकार ज्ञानेन्द्र कार्की, कृष्ण केसी, रञ्जन कार्की, सुन्दरप्रकाश खड्का, नवराज खड्का लगायतको पहलमा आयोजना भएको कार्यक्रममा पत्रकार चिरञ्जीवी मास्के र केदार शिवाकोटीले लामाबगर तथा लप्ची क्षेत्रको पर्यटकीय महत्व, ऐतिहासीक पक्ष, पर्यटन विकासको सम्भावना र चुनौतीको विषयमा अवधारण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बागमति प्रदेशका पूर्व मन्त्री विशाल खड्का, जिल्ला विकास समिति दोलखाका पूर्व सभापति लालकुमार केसी र रुद्रबहादुर खड्का, विगु गाँउपालिका अध्यक्ष सञ्जीव ओली, शैलुङ गाँउपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ, कालिञ्चोक गाँउपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण वस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, पूर्व प्रशासक मोहन चापागाई, पर्यटन विज्ञ बैकुण्ठ नारायण प्रधान, कानुन व्यवसायी प्रविण प्रधान, पत्रकार रमेश खड्का, राप्रपाका केन्द्रीय सदस्य प्रविण थाेकर, चेम्वर अफ कर्मश दाेलखाका अध्यक्ष बिष्णु श्रेष्ठ, बिभिन्न पर्यटन व्यवसायी लगायत लामाबगर, लप्ची र रोल्वालिङ क्षेत्रका स्थानीयले उक्त क्षेत्रको ऐतिहासीक पक्ष, पर्यटन विकासको सम्भावना र चुनौतीको विषयमा आफ्ना धारणा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा दोलखाको उक्त क्षेत्रमा विशेषगरी चीन र भारतको पर्यटकलाई भित्राउन सरकार, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी र पर्यटन व्यवसायीको भूमिका र पर्यटकको सुरक्षा तथा सन्तुष्टिको लागि गर्नुपर्ने कामहरुको बारेमा समेत छलफल भएको थियो ।
यस्तै कार्यक्रम दोलखाको सिंगटीमा समेत आयोजना गरिने र समग्रमा सरोकारवालाले उठाएका विषयलाई समेटेर वृहत कार्यपत्र तयार गरी केन्द्र, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकायलाई दिएर त्यस क्षेत्रको विकास र पर्यटन प्रवद्धनको लागि ताकेता गर्दै विशेषगरी तिब्बत आउने चिनिया पर्यटकमध्य केही प्रतिशत पर्यटकलाई लामाबगर तथा रोल्वालिङ क्षेत्रमा भित्राउन महल गरिने सामाजिक अभियन्ता शोभित उप्रेतीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्