अन्तरास्ट्रियखेलकुदमुख्य समाचारसमाचार

अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगीताको उपाधि भारतका इन्द्रजीतलाई

दोलखा/दोलखा सदरमुकाम चरिकोटमा आयोजना भएको अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगीतामा भारतका युवा खेलाडी इन्द्रजीत महिन्द्रकारले उपाधि जितेका छन् । ८.५ अङ्क सहित प्रथम भएका महिन्द्रकारले नगद एकलाखसंगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यसैगरी प्रतियोगीतामा उपविजेता (दोस्रो) भारतकै वेदान्त नगरकाट्य र तेस्रो मोहित कुमार सोनी भएका छन् । ७.५ अङ्क सहित उपविजेता बनेका नगरकाट्यले ६० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा ७ अङ्क सहित तेस्रो भनेका सोनीेले नगद ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक दोलखा चेस होमका अध्यक्ष गोविन्द मान श्रेष्ठले बताउनु भयो ।
प्रतियोगीतामा १२ बर्ष मुनिको अर्को प्रतिश्प्रर्धामा पनि भारतकै ६ बर्षिया बालिका अनुपरिया यादव विजेता बनेकी छन् । उनले ४ अङ्क प्राप्त गरेको आयोजकले जनाएको छ ।
नेपाल च्याम्पियन रुपेश जैसवाल ६.५ अङ्क सहित दशौ भएका थिए भने ६ अङ्क सहित नेपालका खेलाडी नविन तण्डुकार बेष्ट भेटरान बनेका छन् । त्यसैगरी महिला तर्फ ६ हङ्क सहित श्रीलङ्काको खेलाडी एसडी रनसिङ्गे प्रथम भएकी छन् ।
प्रतियोगीताका विजयीहरुलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले पुरस्कार वितरण गर्नु भएको थियो । सो अवसरमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामा, पूर्व सभापतिहरु रुद्रबहादुर खड्का, उद्धवराज काफ्ले, नेता ताराबहादुर खड्का, प्रभुराम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
स्व. नेता भीमबहादुर तमाङको स्मृतिमा आयोजित प्रतियोगीतामा नेपाल, भारत, श्रीलङ्का, अमेरीका र फ्रान्सका एक सय ५६ जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

सम्बन्धित समाचार