शिक्षासमाचारसुचना

जीपि कोईराला फाउण्डेशनबाट पत्रकार भण्डारी सम्मानित

दोलखा/जीपि कोईराला फाउण्डेशन दोलखाले पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाको १३ औँ स्मृति दिवस एवं स्व. नेता भीमबहादुर तमाङको स्मृतिमा सञ्चालन गरेको भीम बहादुर तमाङ स्मृति एक महिने निशुल्क प्लस– टु परिक्षा तयारी कोचिङ कक्षा २०७९ सम्पन्न भएको छ ।
सो अवसरमा मन्तव्य व्यक्त गर्नुहुदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्व. नेताहरु गिरीजाप्रसाद कोईराला र भीम बहादुर तमाङले राजनीतिमा गर्नुभएको योगदान आजको पुस्ताले अनुशरण गर्नुपर्ने बताउनु भयो ।
जीपि कोईराला फाउण्डेशन दोलखाका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पत्रकार गोकर्ण भण्डारीलाई स्व. गिरीजाप्रसाद कोईराला राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार– २०८० बाट सम्मान गरिएको थियो भने कोचिङ कक्षामा पढाउने शिक्षक र व्यवस्थापनमा सहयोग गर्नुहुने नेवि संघका नेताहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाली काग्रेस दोलखाका सभापति बर्मा लामा, पार्टीका नेता एंवम भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, नेपाली काग्रेसका महाधिवेशन प्रतिनीधी बाबुकाजी बस्नेत, नेता केशवराज चौलगाई, शिक्षक राजेश बस्नेत, पार्टीका जिल्ला समिति सदस्य राजन बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार