बागमतीमुख्य समाचारराजनितिसमाचार

जिल्लाको प्राथामिकता विषयमा कार्यशाला

दोलखा/बागमति प्रदेशसभामा दोलखाबाट प्रतिनिधित्व गर्ने सभासद्हरुको पहलमा जिल्लामा चालु आर्थिक बर्षमा भएका कामको प्रगति तथा आगामि कार्यक्रम र प्राथामिकता विषयमा एक दिने कार्यशाला सदरमुकाम चरिकोटमा आईतवार सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति दोलखा र भीमेश्वर नगरपालिकाको व्यवस्थापन तथा नेपाल पत्रकार महासंघ दोलखा शाखा र चरिकोट मिडिया फाउण्डेशनको समन्वयमा भएको कार्यक्रममा बागमति प्रदेश अन्र्तगतका कार्यालयहरुले चालु आर्थिक वर्षमा भए गरेका काम तथा आगामी योजानका बारेमा जानकारी गराएका थिए ।
बागमति प्रदेशसभा सदस्य भरतबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमति प्रदेशसभा सदस्यहरु ठूला थामी र उर्मिला सुनुवार, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, मेलुङ गाँउपालिकाका प्रमुख हिरा थोकर, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशङ्कर चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण जिल्ला समन्वय समिति दोलखाका पूर्व प्रमुख डबल पाण्डेले गर्नु भएको थियो ।

सम्बन्धित समाचार