कला / साहित्यसमाचार

पुर्खाको उखान

सम्राट चौलागाई

थोत्रा र पुराना पुस्तक खोजेर पढ्नु छ

च्यातिएका, उध्रीएका लुगा सिएर लाउनु छ

किन होला पुर्खाका उखान धेरै सिक्नु छ

सत्यको विउ रोपेर मङ्गल धुन बजाउनु छ ।

ढुङ्गा कुटी, मूर्ती कुँदी तिम्रो रुप बनाए

अप्सराको न्यास्रो मेट्ने चित्र बनाए

दुनियाँको नयाँ नक्सा, नयाँ नै जीवन

शुख दिने, माया साट्ने फुलको आँगन ।

उस्को हैन हाम्रो भन्ने समाज बनाउनु छ

गलत हैन सहि गरौ भन्ने मान्छे खोज्नु छ

माया अनि दयाको भावना लिएर हिड्नु छ

झुकेर हैन उठेर यहाँ सत्यलाई जिताउनु छ ।

जन्मेर मर्नु त छदैछ, अनेकौ छटपटिमा

जालो फोरेर निस्कनु छ अध्यारो औंशीमा

नाता जोडर प्रेरणाको सिद्ध मूर्ती बनेर

अगाडी बढ्नु छ जीवनमा आशाको ज्योती बनेर ।

सम्बन्धित समाचार