दोलखा/दोलखाको हिमाली गाँउ गौरीशङ्करको वडा नम्बर ५ इविथानमा रहेको चिल्ड्रेन पार्क निर्माण सम्पन्न भएको झण्डै एक बर्ष वित्नलाग्दा समेत सञ्चालनमा आउन सकेको छैन ।
अहिले आसपासका बालबालिकाहरु ताला लगाईएको गेट नाघेर खेल्ने गरेको स्थानीय बताउछन् । बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत प्राप्त करिब एक करोड ५३ लाख रुपैयाको लागतमा निर्माण भएको चिल्डे«न पार्क चार रोपनी जग्गामा फैलिएको छ ।
पाँच नम्बर वडा कार्यालय, सुरी प्राथामिक स्वास्थ्य केन्द्र, सहकारी लगायतका कार्यालय सहित झण्डै ७० घरधुरी रहेको इविथानको चिल्ड्रेन पार्क सञ्चालनमा आए बालबालिकाको पर्यटकीय केन्द्र बन्न सक्ने स्थानीय बताउछन् ।
चिल्डे«न पार्क चाँडै सञ्चालनमा आउन सके स्वास्थ्य केन्द्र, विद्यालय र बजार क्षेत्रमा आउने बालबालिकालाई फुर्सदको समयमा रमाउन सहज हुने स्थानीय छिन्डोमा शेर्पा बताउनु हुन्छ । प्रदेश सरकारले उपयुक्त ठाँउमा चिल्डे«न पार्क निर्माण गरेको भएपनि समयमै सञ्चालनमा नआउदा आलोचना सुरु भएको छिन्डोमाको भनाई छ ।
स्थानीय व्यवसायी राजन घतानी हिमाली गाँउलाई पर्यटकीय केन्द्र बनाउन, स्वास्थ्य केन्द्र तथा वडा कार्यालय आउने सेवाग्राहीको बालबालिकालाई भुलाउन र बजार क्षेत्रका बालबालिका फुर्सदको समयमा रमाउन चिल्डे«न पार्क आवश्यक भएपनि सञ्चालन हुन नसक्दा उपयोग विहिन बनेको बताउनु हुन्छ ।
गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ सुरीका वडा अध्यक्ष सुन्दर खड्का चिल्डे«न पार्कमा केही संरचना निर्माण गर्न बाँकी रहेको र व्यवस्थापनको लागि समिति निर्माण गर्न लागिएकोले सञ्चालनमा केही ढिलाई भएको बताउनु हुन्छ । वडाको केन्द्रमा निर्माण भएको चिल्डे«न पार्क सबै हिसाबले आवश्यक छ, वडा अध्यक्ष खड्काले भन्नु भयो – अब केही महिना भित्रनै व्यवस्थित ढङ्गले पार्क सञ्चालन गर्ने छौ । पार्क सञ्चालन भएपछि दैनिक ५० भन्दा बढी बालबालिका अभिभावक सहित पुग्ने अनुमान गरिएको वडा अध्यक्ष खड्काको भनाई छ ।
इविथान बजार, सुरी-५ गाैरीशङ्कर
प्रतिक्रिया दिनुहोस्