सम्राट चाैलागाइ
मिर्मिरेमा बन्चरो बोकि जानू छ बनमा
किनकी भरे साँझ आगो बाल्नुछ घरमा
खाना र पानी जुटाउनु छ दिनमा
फाटेको जुत्ता सिउनु छ सहरमा
पल्लो घरको जस्तै मीठो पकाउनु छ
पशुलाई पनि एकछाक खुवाउनु छ
खस्रो वा सेतो मीठो मसिनो ल्याउनु छ
घरमा साँझको दियोमा तेलको थोपो भर्नु छ
घरमा नुन छैन भन्दै इसारा गर्थिन उनी
आँखाको डिलमा आँसु लुकाउथिन उनी
च्यातिएको लुगा हातले सिउथिन उनी
रुन्चे स्वरमा मनको बेथा लुकाउछिन उनी
जानेर धन धेरै वा थोरै ल्याउनु छ घरमा
किनकी भरे साँझ आगो बाल्नु छ घरमा
परी जस्तै लालाबाला लोलाउछन तेसै
बाबु आमाको काखमा निदाउछन तेसै
धुलो र धुवाँ आँखामा गाजल जस्तै
नाङ्गो शरीर तर मायालु छन उस्तै
ऋणको भारी बोकेर पनि जानू छ घरमा
किनकी भरे साँझ आगो बाल्नु छ घरमा।
प्रतिक्रिया दिनुहोस्