अर्थ र ब्यापारबागमतीमुख्य समाचारसमाचार

लप्चीको पीडाः आर्थिक सङ्कटले बसाई सर्न बाध्य

दोलखा/चिनसंगको नाका नखुले पछि दोलाखको उत्तरी लप्ची गाँउका वासिन्दा आर्थिक सङ्कटमा परेका छन् । चौरी पालन मुख्य पेशा भएका उनीहरुलाई चिनको तिब्बतसंग जोडिएको नाका भुकम्प पछि बन्द भएकोले चरण र उत्पादीत वस्तु बिक्रिमा समस्या बनेको छ ।
दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लप्चीका ४६ घरधुरी मध्य झण्डै १५ घरधुरीका परिवारको मुख्य पेशा चौरी पालन हो । लप्चीबाट तिब्बत पट्टीको चरण क्षेत्र आधा घण्टाको दूरीमा रहेको र प्रयाप्त चरण क्षेत्र भएकोले सिमानाका बन्द नहुदासम्म उनीहरुलाई चौरी व्यवसाय सहज थियो । सिमा बन्द भएपछि चरण र उत्पादीत वस्तु बिक्रिमा समेत समस्या भएको लप्चीका स्थानीय ६० बर्षिय फुजुङ शेर्पा बताउनु हुन्छ ।
नेपाल पट्टीको चरण क्षेत्रको लागि लेकको बाटो बिग्रीएको र पानीको समेत अभाव हुने भएकोले सहज नहुने फुजुङको भनाई छ । भुकम्प अघिसम्म लप्चीवासीले एउटा चौरी बराबर सात सय ५० ग्राम घिउ चिन सरकारलाई बुझाएपछि चरणको लागि सहज ढङ्गले ठाँउ पाउने गरेको र उत्पादीत घिउ तिब्बतको न्यालम (कुटी) बजारमा बिक्रिगर्न समेत सहज हुने गरेको स्थानीय कर्मा शेर्पाले बताउनु भयो ।
भुकम्प पछि चिनले तिब्बतको सिमाना बन्द गरिदिएपछि चरणसंगै चौरीबाट उत्पादीत वस्तु समेत बिक्रि गर्न समस्या भएकोले आर्थिक अभाव चुलिएको कर्माले बताउनु भयो । लप्चीबाट आफ्नै गाँउपालिकाको बस्ती लामाबगर आउन समेत दुई दिन लाग्ने र प्रयाप्त बजार समेत नपाउने भएकोले समस्या भएको स्थानीयको गुनासो छ । आर्थिक सङ्कटकै कारण लप्चीका अधिकांशले आफ्नो थातथलो छोडेर काठमाडौँ बसाई सर्नु परेको कर्माले बताउनु भयो ।
लप्चीका वासिन्दा जाडो महिना भरी केही तल लुम्नाङको घरमा बस्ने गरेका छन् भने गर्मी महिना सुरु भएपछि लप्ची उक्लने गर्छन । लुम्नाङबाट समेत लामाबगर आउन एक दिन लाग्ने र प्रयाप्त चरण तथा उत्पादीव वस्तुको लागि बजार नहुने भएकोले अधिकांश आर्थिक सङ्कटमा परी काठमाडौँ बसाई जान बाध्य भएका छन् – कर्माले भन्नु भयो ।
अहिले चौरी पालन गर्ने झण्डै १५ घरधुरीका परिवारमात्र लप्ची–लुम्नाङमा रहेको कर्माले बताउनु भयो । उनीहरुको एक परिवार बराबर ४० देखि ९० वटासम्म चौरी रहेको कर्माको भनाई छ । लप्चीका चौरी पालक किसानहरुले घिउ प्रतिकेजी १५ सयसम्म र चौरी तथा याक एकलाख रुपैयासम्ममा चिनको तिब्बत तिर बिक्रि गर्दै आएका थिए ।
स्थानीय, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पछि नेपाल सरकारले चिनको नाका खुलाउन विशेष पहल गर्ने विश्वासमा लप्चीवासी रहेको तर निर्वाचन भएको छ महिना वितिसक्दा समेत नाका खोल्ने कुरामा कुनै चासो नदिएकोले आफुहरु निराश भएको स्थानीय नातार शेर्पाले बताउनु भयो । चिन सरकारले विगु गाँउपालिकाको स्थानीय सरकारको पहलमा आगामी असार– साउन भित्र नाका खुलाउने कुरा सुनेकोले यसमा संघिय सरकारले समेत पहल गर्नुपर्ने स्थानीय कर्मा शेर्पा बताउनु हुन्छ ।

सम्बन्धित समाचार