दोलखा/जिल्ला युवा समिति दोलखाले युवाहरुको लागि सीपमूलक तालिम सुरु गरेको छ । युवा परिषद बागमति प्रदेशको सहयोगमा होम स्टे र बारिस्टा (कफि मेकीङ) सम्बन्धि तालिम सुरु गरिएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठले बताउनु भयो ।
तीन महिने तालिम अन्र्तगत बारिस्टा तर्फ २५ जना तथा होम स्टे तर्फ २५ जना गरी जिल्लाको बिभिन्न पालिकाबाट ५० जना युवा युवतीको सहभागिता रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
तालिम उद्घाटन कार्यक्रममा बागमति प्रदेशका पूर्व मन्त्री विशाल खड्का, युवा परिषद बागमति प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, नेकपा माओवादी केन्द्रका दोलखा जिल्ला संयोजक कुलबहादुर बुढाथोकी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठ लगायतले सीप मूलक तालिमको महत्वबारे चर्चा गर्नु भएको थियो ।
सहभागि युवाहरुलाई होम स्टे तर्फ शक्ति थापा र बारिस्टा तर्फ निशा तमाङले प्रशिक्षण दिने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्