बागमतीमुख्य समाचारशिक्षा

विद्यार्थीलाई विद्यालय झोला

दोलखा/एसएस फाउण्डेशनले दोलखाको बिभिन्न पाँच वटा विद्यालयका विद्यार्थीहरुलाई विद्यालय झोला वितरण गरेको छ ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तरको लागि फाउण्डेशनले बिभिन्न शैक्षिक सामग्री वितरण गर्दै आएको र सोही क्रममा दोलखाको पाँच वटा विद्यालयका पाँच सय ९९ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको फाउण्डेशनका संस्थापक शोभित उप्रेतीले बताउनु भयो ।
फाउण्डेशनले दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ५ काटाकुटीमा रहेको वीरेन्द्र माविमा तीन सय एक, वडा नम्बर ८ शैलुङमा रहेको चण्डिका आधारभूत विद्यालयमा एक सय आठ, दोलखाको तामाकोशी गाँउपालिका वडा नम्बर ६ च्यामामा रहेको जनज्योती आधारभूत विद्यालयमा एक सय सात, वडा नम्बर ६ च्यामाकै सुर्योदय प्राविमा ४५ र दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ को बहिरा प्राविमा ३८ गरी पाँच सय ९९ जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको फाउण्डेशनका सदस्य नवराज खड्का (राजभाइ) ले बताउनु भयो ।
शैक्षिक गुणस्तरको लागि उचित शिक्षा सहित आवश्यक शैक्षिक सामग्री समेत आवश्यक हुने भएकोले फाउण्डेशनले दोलाखको बिभिन्न बिद्यालयमा झोला लगायतका सामग्री वितरण गर्दै आएको अध्यक्ष मदनदास श्रेष्ठको भनाई छ ।
एसएस फाउण्डेशनले कोरोना कहरको बेला समेत दोलखा लगायतका जिल्लाहरुमा तत्कालिन समयको आवश्यकता अनुसार अक्सिजन मेशीन लगायतका स्वास्थ्य सामग्री समेत वितरण गरेको फाउण्डेशनको संस्थापक शोभित उप्रेती बताउनु हुन्छ ।

सम्बन्धित समाचार