Uncategorizedधर्म/संस्कृतिसमाचारस्वास्थ्य

शिवरात्रीको अवसरमा रक्तदान कार्यक्रम

दोलखा/शिवरात्री पर्वको अवसरमा सदरमुकाम चरिकोटमा रहेको लालि गुँरास युवा क्लबले शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल रेडक्रश शोसाईटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा ५५ जना पुरुष र पाँच जना महिला गरी ६० जनाले रक्तदान गर्नु भएको लालि गुँरास युवा क्लब चरिकोटका अध्यक्ष प्रविण श्रेष्ठले बताउनु भयो ।
रक्तदाताहरुलाई भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले प्रमाणपत्र वितरण गर्नु भएको थियो । जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रश शोसाईटी दोलखा शाखाको प्राविधिक सहयोगमा बिभिन्न संघ संस्थाहरुले मासिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएका छन् ।
लालि गुँरास युवा क्लब चरिकोटका अध्यक्ष प्रविण श्रेष्ठको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, वडा नम्बर तीनका वडा अध्यक्ष हरिशरण शिवाकोटी, नेपाल रेडक्रश शोसाईटी दोलखा शाखाका सभापति गोकर्ण प्रसाद पोखरेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार