दोलखा/दोलखाको मेलुङ गाँउपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई पौष्टिक आहारा बृद्धिका लागि कुखुराको अण्डा वितरण गरेको छ ।
मेलुङ स्वास्थ्य चौकीमा आयोजिक विशेष कार्यक्रममा पालिकाको नौ जना सुनौला हजार दिनका आमाहरुलाई प्रति व्यक्ति दुई क्रेट कुखुराको अण्डा वितरण गरिएको मेलुङ गाँउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नबराज खड्काले बताउनु भयो ।
मेलुङ गाँउपालिकाका प्रमुख हिरा कुमार थोकरले सुनौलो हजार दिनका आमाहरुलाई कुखुराको अण्डा वितरण गर्नु भएको थियो । सो अवसरमा पालिका उपप्रमुख गायत्री आचार्य लगायतको सहभागिता रहेको थियो ।
यसै बीच मेलुङ गाउँपालिकामा सञ्चालित सात दिने बृहत पोषण विशेष कार्यक्रम विहिवार सम्पन्न भएको छ । गाँउपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा १८ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागिहरुलाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरेराम चाँपागाई र वडा नम्बर ७ मा रहेको मेलुङ स्वास्थ्य चौकीका प्रमुख राम योगीले प्रशिक्षण दिनु भएको थियो । गाउँपालिकाका प्रमुख हिरा कुमार थोकरको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपप्रमुख गायत्री आचार्य, वडा नम्बर ७ का वडा अध्यक्ष नबराज खड्का लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्