दोलखा/जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक गंगा पौडेलले आफ्नो एक बर्षे कार्यकालमा कानुन कार्यान्वयन गर्ने क्रममा मिलेकोे सफलता, बिभिन्न गतिविधि र चाहेर पनि गर्न नसकिएका कामको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भएको छ ।
एक बर्षे कार्यकाल पुरा गरी दोलखाबाट अन्यत्र सरुवाभै जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक पौडेलले आफ्नो कार्यकालमा हत्या, लुटपाट, हाडनाता करणी, जर्वजस्ति करणी, ज्यान मार्ने उद्योग जस्ता झण्डै एक दर्जन घट्नाको गहन अनुसन्धान सहित घट्नामा संलग्नलाई कानुनी कार्वाही गराउन सफलता मिलेको जानकारी दिनु भयो । उहाँले दोलखामा जर्वजस्ति करणी र हाडनाता करणीको घट्ना बढी देखिएको बताउनु भयो ।
मंगलवार पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक पौडेलले आफ्नो कार्यकालको असार मसान्त यता सामुदायीक प्रहरी साँझेदारी अन्र्तगत स्कुल प्रशिक्षण कार्यक्रम ३० वटा, साईबर अपराध तथा लागु औषध कार्यक्रम ४५ वटा, जनचेतना मूलक ¥याली २५ वटा, जनचेतना मूलक छलफल तथा अन्र्तक्रिया एक सय वटा, सरसफाई कार्यक्रम ४० वटा, रक्तदान कार्यक्रम पाँच वटा, स्वास्थ्य शिविर पाँच वटा, जेष्ठ नागरिक भेटघाट कार्यक्रम २० वटा, सडकमा रहेको मानिसको उद्दार एक वटा, भूपु प्रहरी कर्मचारीसंगको अन्र्तक्रिया २० वटा, सार्वजनिक सुनवाई एक वटा, विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रम पाँच वटा, कोरोना सम्बन्धि कार्यक्रम दुई वटा र बृक्षरोपण कार्यक्रम पाँच वटा सञ्चालन गरिएको जानकारी दिनु भयो ।
आफ्नो कार्यकालमा २०७९ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन र २०७९ मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनुलाई आफुले महत्वपूर्ण रुपमा लिएको पौडेलले बताउनु भयो । निर्वाचनमा मानिसको ज्यानै जाने तहको झडप हुने भनेर चर्चा कमाएको जिल्लामा दुई वटा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने कुरामा राजनीतिक दलहरुको सहकार्य र समन्वय उल्लेख्य रहेको प्रहरी नायव उपरीक्षक पौडेलको भनाई छ ।
यो अवधिमा फैसला कार्यान्वयन अन्र्तगत ३९ जना फरार अभियुक्त पक्राउ गरी उनीहरुबाट २१ बर्ष ८ महिना १३ दिन कैद र १७ लाख २३ हजार ९६ रुपैया जरीवाना असुली गर्न सकिएको पनि पौडेलले बताउनु भयो ।
तर आफुले चाहेर पनि दोलखा सदरमुकाम चरिकोटको मुख्य बजार क्षेत्रमा सिसिटिभी क्यामेरा राख्ने, चरिकोट बसपार्कलाई व्यवस्थित गर्ने र अवैध रुपमा उत्खनन् गरीने नदिजन्य तथा खानी जन्य पर्दाथ पूर्ण रुपमा रोकथाम गर्न नसकिएको प्रहरी नायव उपरीक्षक पौडेलले स्वीकार गर्नु भयो । तर यसको लागि इमानदारीता पूर्वक प्रयास भने गरिएको पौडेलको भनाई छ ।
बिभिन्न संघ संस्थाको विदाई
प्रहरी नायव उपरीक्षक गंगा पौडेललाई दोलखा उद्योग बाणिज्य संघ लगायत बिभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा विदाई गरेको छ । दोलखा उद्योग बाणिज्य संघको अध्यक्ष इन्द्र बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न विदाई कार्यक्रममा पौडेलले जिल्लामा बसेर एक बर्षको अवधिमा गरिएको काम र सरोकारवाला निकायको सहयोग, सुझाब तथा सहकार्य आफ्नो जागीरे जीवनको अन्तिम समयसम्म मार्गर्दशनको रुपमा रहने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्