दोलखा/कोच नेपालले दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ७ को छ वटा विद्यालयका विद्यार्थीहरुको लागि व्यवहारीक सीप प्रशिक्षण सञ्चालन गरेको छ ।
वडा नम्बर ७ को सहकार्यमा सञ्चालन भएको प्रशिक्षणमा कक्षा सात देखि १० सम्मका दुई सय विद्यार्थीको सहभागिता रहेको कोच नेपालका सिईओ सिमोन खत्रीले बताउनु भयो ।
प्रशिक्षणको क्रममा आत्मरक्षा, विपद् व्यवस्थापन र प्राथामिक उपचारको विषयमा व्यवहारीक सीप सिकाईएको सिईओ खत्रीले बताउनु भयो । विद्यार्थीहरु हरेक खालका विपद्को समयमा अग्रपक्तिमा रहेर उद्दार कार्यमा संलग्न रहने र उनीहरु स्वयमको लागि समेत आत्मरक्षा लगायतको ज्ञान आवश्यक हुने भएकोले आत्मरक्षा, विपद् व्यवस्थापन र प्राथामिक उपचारको व्यवहारीक सीप बारे प्रशिक्षण दिईएको खत्रीको भनाई छ ।
तालिमका सहभागि विद्यार्थीहरुलाई कोच नेपालका प्रशिक्षक पेमा लामा, रमिता माझि, प्रविण तमाङ र सिईओ सिमोन खत्रीले प्रशिक्षण दिनु भएको थियो । तालिम उद्घाटनको क्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर र वडा नम्बर ७ का वडा अध्यक्ष बिनोद तमाङले विद्यार्थीहरुलाई दिईने रचनात्मक सीपमूलक तालिमले समग्र समाजलेनै फाईदा लिन सक्ने उल्लेख गर्नुहुदै विपद् व्यवस्थापनमा अग्रस्थानमा रहने विद्यार्थीको लागि आत्मरक्षा, प्राथामिक उपचार, विपद् व्यवस्थापन जस्ता सीप उपलब्धि मूलक रहने बताउनु भयो ।
कोच नेपालले भीमेश्वर नगरपालिका वडा नम्बर ८ को तीन वटा विद्यालयका एक सय ५० जना विद्यार्थीको लागि समेत तालिम सञ्चालन गर्ने सिईओ खत्रीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्