दोलखा/दोलखाको उच्च हिमाली भेग लप्ची आसपास एक जोडि (आमा र बच्चा) हिम चितुवा देखिएका छन् । गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लप्ची आसपास जंगली जनावरको प्रजातिबारे अध्यन गरिरहेको र सोहि क्रममा एक महिना अघि आमा र बच्चा हिम चितुवा क्यामेरा ट्र¥यापिङमा परेको संरक्षण क्षेत्रका सूचना अधिकारी तुलसिप्रसाद दहालले बताउनु भयो ।
हिम चितुवाको आमा र हुर्कदै गरेको बच्चा खेलिरहेको अवस्थामा लप्ची गुम्वा नजिक झण्डै चार हजार मीटरको उँचाईमा रहेको देउराली क्षेत्रमा देखिएको सूचना अधिकारी दहालले बताउनु भयो । लप्ची आसपासनै तीन बर्ष अघि सन् २०१९ मा पनि एउटा बयष्क हिम चितुवा संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्र¥यापिङमा देखिएको थियो । झण्डै दुई महिना अघि पनि दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर ९ मा पर्ने रोल्वालिङ क्षेत्रमा हिम चितुवा देखिएको गौरीशङ्कर संरक्षण क्षेत्रले जनाएको छ । यो बाहेक अन्य दुई ठाँउमा पनि हिम चितुवा देखिएको संरक्षण क्षेत्रले जनाएको छ ।
समुन्द्री सतह देखि तीन हजार माथिको उँचाईमा पाईने बिरालो बर्गमा पर्ने संरक्षित जनावर हिम चितुवा गौरीशङ्कर संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्र¥यापिङमा पटक– पटक देखिदा अध्यनमा उत्साह थपिएको सूचना अधिकारी दहाल बताउनु हुन्छ । अहिले हिम चितुवाको संख्याबारे एकिन गर्न गौरीशङ्कर संरक्षण क्षेत्रले लप्ची र रोल्वालिङ क्षेत्रको बिभिन्न ठाँउमा क्यामेरा ट्र¥यापिङ सहित अध्यन गरी रहेको दहालले बताउनु भयो ।
अहिले हिम चितुवा देखिएको क्षेत्र उसको हिड्ने बाटो हो वा शिकारको लागि आईपुगेको हो भन्ने विषय पनि थप अध्यन पछिमात्र भन्न सकिने दहालले बताउनु भयो । यसको संख्याको बारेमा अब केहि महिना भित्रनै जानकारी गराउन सकिने उहाँको भनाई छ ।
संरक्षित जनावर हिम चितुवा लप्ची र रोल्वालिङ क्षेत्रमा पटक– पटक देखिदा उत्साहित बनेको गौरीशङ्कर संरक्षण क्षेत्रले जलविद्युत आयोजना निर्माण तथा बिभिन्न मानव गतिविधिले यसलाई असर नगरोस भनेर सर्तकता अपनाई रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्