दोलखा/भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समिति काठमाडौँले सदरमुकाम चरिकोटमा शुशासनको प्रर्वद्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन विषयक दुई दिने कार्यशालाको आयोजना गरेको छ ।
कार्यशालामा सहकारी संस्था सञ्चालन सम्बन्धि ऐन÷नियम र शुशासन प्रर्वद्धनको विषयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दहाल, सहकारीको अवस्था, स्थिति, अभ्यास र प्रभावको विषयमा मिलिजुली साकोस चरिकोटका कार्यकारी प्रमुख इश्वर न्यौपाने, पालिका स्तरीय सहकारीको नियम र शुशासनका कार्यहरु विषयमा भीमेश्वर नगरपालिकाका कार्यकारी प्रमुख शिशिर पौडेल, ऋण लगानी र अशुलीमा अपनाउनु पर्ने विधिको विषयमा जनसचेतन साकोस मैनापोखरीका कार्यकारी प्रमुख नवराज दहाल, वित्तिय सहकारी संस्थाको नियमन र अनुगमन विषयमा नेफ्सकुनका संजयराज तिमल्सीना र सहकारी संस्थाको स्थिति र समस्याग्रस्त हुन नदिन अपनाउनु पर्ने उपाएको विषयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य तिर्थराज सिलवालले प्रशिक्षण दिनुभएको थियो ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशिराज दहालको सभापतित्वमा सम्पन्न कार्यशालामा जिल्ला समन्वय समिति दोलखाका प्रमुख वर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वरनारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, नेफ्सकुनका पूर्व अध्यक्ष डिवि वस्नेत, सञ्चालक जीवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा दोलखा, रामेछाप र सिन्धुपाल्चोकका सहकारी संस्थाहरुको सञ्चालक तथा कर्मचारीका सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्