बागमतीमुख्य समाचारराजनितिसमाचार

दोलखाको मालुमा एमालेको चुनावी सभा

दोलखा/नेकपा एमालेले दोलखाले जिल्लाको तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुमा चुनावी सभाको आयोजना गरेको हो ।
चुनावी सभामा आफ्नो मन्तव्य व्यक्त गर्नुहुदै एमाले पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री आनन्द प्रसाद पोखरेलले एमालेको पक्षमा देखिएको जनलहरले जिल्लामा एमाले उम्मेदवारको जित सुनिश्चित भएको बताउनुभयो । ‘यो जनताको उपस्थिति मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले उम्मेदवारको जित सुनिश्चित भएको प्रमाण हो, पोखरेलले भन्नुभयो– ‘अब एमालेको बिजयलाई कसैले रोक्न सक्दैन ।’
सभामा मन्तव्य व्यक्त गर्नुहुदै एमाले पोलिटब्युरो सदस्य एवं पुर्वमन्त्री पार्वत गुरुङले जनताको मत कब्जा गरेर निर्वाचन जित्ने सपना नदेख्न गठबन्धनलाई चुनौती दिँदै एमालेको जितमा मात्रै देश र जनताको भविष्य सुरक्षित रहेको बताउनुभयो ।
सभामा केन्द्रीय सदस्य सरस्वती बस्नेत, रचना खड्का, केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिन, प्रदेश कमिटी सदस्य एवं जिल्ला इन्चार्ज इश्वरचन्द्र पोखरेल, प्रतिनिधि सभा सदस्यको उम्म्ेदवार बालकृष्ण शिवाकोटी, प्रदेश १ का उम्मेदवार नरबहादुर श्रेष्ठ लगायतका नेताहरुले सम्बोधन गर्नुएको थियो ।

सभामा नेपाली कांग्रेस लगायत बिभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेकपा एमाले दाेलखाले विहिवार शैलुङ्ग गाँउपालिकाकाे वडा नम्बर ५ मा अन्तिम चुनावी सभा गर्ने जनाएकाे छ ।

सम्बन्धित समाचार