बागमतीसमाचार

स्व. शान्त बहादुरको स्मृतिमा श्रद्धाञ्जलीसभा

काठमाडौँ/दोलखाको साविक नाम्दु गाविसका पूर्व अध्यक्ष एवं समाजसेवी स्व. शान्त बहादुर उप्रेतीको ११ औ दिनको पुन्य तीथिको अवसरमा डिठ्ठा जगन्नाथ उप्रेती स्मृति प्रतिष्ठानले श्रद्धाञ्जली सभाको आयोजना गरेकोे छ ।
काठमाडौँको पेप्सीकोलामा आयोजना गरिएको श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा एमालेका नेता एवं दोलखा डेरी उद्योग लि.का अध्यक्ष लाल कुमार केसी, राष्ट्रिय सहकारी बैङ्का अध्यक्ष केबी उप्रेती, बरिष्ठ अधिवक्ता लक्ष्मी प्रसाद उप्रेती, प्राध्यापक शान्ति प्रसाद उप्रेती, राजनीतिज्ञ बद्री कुमार चौलागाई, माधव उप्रेती, दुर्गा प्रसाद उप्रेती, श्याम प्रसाद उप्रेती, राजेश उप्रेती र हिरण्यराज उप्रेतीले स्व.शान्त बहादुर उप्रेतीले दोलखाको विकास र सामाजिक अभियानमा पु¥याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो ।
श्रद्धाञ्जली सभा कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष भवानी उप्रेतीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार