बागमतीमुख्य समाचारराजनितिसमाचार

दोलखाको दुई पालिका र ५२ वडाको मत परिणाम सार्वजनिक

दोलखा/दोलखाको दुई पालिका र ५२ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा दुबै पालिकामा नेकपा एमालेको प्रमुख उपप्रमुख विजयी भएका छन् भने १७ वटा वडामा नेकपा माओवादी केन्द्र, १४ वटा वडामा नेकपा एमाले, १४ वटा वडा नेपाली कांग्रेस, दुई वटा वडामा नेकपा एकिकृत समाजवादी र दुई वटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
मेलुङ गाँउपालिकाको अध्यक्षमा नेकपा एमालेको हिराकुमार थोकर विजयी हुनु भएको छ । उहाँले एक हजार एक सय ५९ मतको फराकिलो अन्तरसहित नेकपा एकिकृत समाजबादिका रविन्द्र कार्कीलाई पराजित गर्नु भएको हो । थोकरको पाँच हजार एक सय ५४ मत रहेको छ । उपाध्यक्षमा पनि नेकपा एमालेकै गायत्री आचार्य विजयी हुनु भएको छ । आचार्य पनि एक हजार चार सय ४७ मतको पराकिलो अन्तर सहित विजयी हुनु भएको छ । आचार्यले चार हजार सात सय ४९ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी दोलखाको जिरी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका मित्र जिरेल र उपप्रमुखमा कृष्णमाया बुढाथोकी विजयी हुनुभएको छ । प्रमुख मित्र जिरेल दुई हजार नौ सय ४९ मतका साथ विजयी हुनुभएको हो । जिरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले दुई हजार छ सय ९२ मत प्राप्त गर्नुभएको थियो । यस्तै उपप्रमुखमा कृष्ण माया बुढाथोकी तीन हजार चार सय ३४ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वि माओवादी केन्द्रका तेजबहादुर तामाङ्गले तीन हजार एक सय २० मत प्राप्त गर्नु भएको थियो ।
प्राप्त विवरण अनुसार वडा अध्यक्षहरुमा नेकपा एमालेबाट भीमेश्वर नगरपालिका वडा नम्बर २ मा स्टालिन श्रेष्ठ, जिरी नगरपालिका वडा नम्बर ४ मा पदेमान जिरेल, वडा नम्बर ९ मा ज्ञानु पाख्रिन, बैतेश्वर गाँउपालिका वडा नम्बर ८ मा शान्त जिरेल, वडा नम्बर ४ मा कुमार चौलागाई, तामाकोशी गाँउपालिका वडा नम्बर १ मा वसन्त थापा, मेलुङ गाँउपालिका वडा नम्बर १ मा इश्वर कोईराला, वडा नम्बर ३ मा वसन्त लामा, वडा नम्बर ४ मा सोम बमजन, वडा नम्बर ७ मा नवराज खड्का, शैलुङ गाँउपालिका वडा नम्बर २ मा तीर्थ बहादुर श्रेष्ठ, वडा नम्बर ४ मा झम्क बहादुर कार्की, कालिञ्चोक गाँउपालिका वडा नम्बर १ मा पदम थामी र गौरीशङ्कर गाँउपालिका वडा नम्बर ५ मा सुन्दर खड्का विजयी भएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसबाट भीमेश्वर नगरपालिका वडा नम्बर १ मा माधव थामी, वडा नम्बर ३ मा हरिशरण शिवाकोटी, शैलुङ गाँउपालिका वडा नम्बर १ मा विर बहादुर घतानी, जिरी नगरपालिका वडा नम्बर १ मा आङपासाङ शेर्पा, वडा नम्बर ५ मा नरबहादुर जिरेल, विगु गाँउपालका वडा नम्बर १ मा मेम बहादुर तमाङ, तामाकोशी गाँउपालिका वडा नम्बर ३ मा रामप्रसाद काफ्ले, वडा नम्बर ४ मा सुरज खड्का, वडा नम्बर ६ मा कृष्ण फुँयाल, बैतेश्वर गाँउपालिका वडा नम्बर ६ मा अशोक तमाङ, वडा नम्बर ३ मा कमल अधिकारी, गौरीशङ्कर गाँउपालिका वडा नम्बर ६ मा निमासाङ्गे शेर्पा र कालिञ्चोक गाँउपालिका वडा नम्बर ४ मा दिपक खुलाल तथा वडा नम्बर ५ मा भरत पाण्डे विजयी भएका छन् ।
त्यसैगरी माओवादी केन्द्रबाट जिरी नगरपालिका वडा नम्बर २ मा ङिमपल्दे शेर्पा, वडा नम्बर ३ मा खेटराज घिमिरे, वडा नम्बर ७ मा शान्त नेपाली, वडा नम्बर ८ मा रामबहादुर खत्री, गौरीशङकर गाँउपालिका वडा नम्बर १ मा प्रकाश खड्का, वडा नम्बर २ मा रोहित बुढाथोकी, वडा नम्बर ३ मा युग बहादुर वस्नेत, कालिञ्चोक गाँउपालिका वडा नम्बर २ मा बिक्रम पाण्डे, वडा नम्बर ३ मा दलबहादुर तमाङ, वडा नम्बर ५ मा सहदेव खड्का, वडा नम्बर ७ मा राम पाण्डे, बैतेश्वर गाँउपालिका वडा नम्बर ७ मा मिन कुमार शिवाकोटी, वडा नम्बर ५ मा भुवन घिमिरे, मेलुङ गाँउपालिका वडा नम्बर ५ मा ललित मगर, भीमेश्वर नगरपालिका वडा नम्बर ४ मा तारानाथ चौलागाई, शैलुङ गाँउपालिका वडा नम्बर ३ मा वीरबहादुर तमाङ र विगु गाँउपालिका वडा नम्बर २ मा दिपक ठकुरी विजयी भएका छन् । त्यसैगरी मेलुङ गाँउपालिका वडा नम्बर २ मा नेकपा एकिकृत समाजवादीका रामकृष्ण भण्डारी र जिरी नगरपालिका वडा नम्बर ६ मा मरिचबहादुर जिरेल विजयी भएका छन् भने तामाकोशी गाँउपालिका वडा नम्बर २ बाट स्वतन्त्र उम्मेदवार इश्वर कार्की र विगु गाँउपालिका वडा नम्बर ३ मा स्वतन्त्र उम्मेदवार ढाल बहादुर तमाङ विजयी भएका छन् ।

सम्बन्धित समाचार