बागमतीमुख्य समाचारयो पनिराजनितिसमाचार

वडा अध्यक्षनै मतदाता परिचयपत्र लुटपाटमा संलग्न

दोलखा/दोलखाको तामाकोशी गाँउपालिका वडा नम्बर १ भीरकोटका वडा अध्यक्ष नै मतदाता परिचयपत्र लुटपाटमा संलग्न भएका छन् ।
बुधवार दिउँसो वडा अध्यक्ष महेश काफ्ले एक सय २५ थान मतदाता परिचयपत्र लुटेर फरार भएको र उनलाई केहि समय पछि प्रहरीले नियन्त्रणमा लिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा पौडेलले बताउनु भयो ।
मतदान केन्द्रमा मतदाताहरु लाई बाड्न राखिएको उक्त मतदाता परिचयपत्र लुटेर वडा अध्यक्ष काफ्ले दौडिएका थिए । मतदाता परिचयपत्र बोकेर तिब्र गतिमा दौडिएका काफ्लेलाई मतदान केन्द्रमा खटीएका प्रहरीले तत्काल पक्राउ गर्न नसके पनि केहि समय पछि उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका वडा अध्यक्ष काफ्लेलाई जिल्ला प्रहरी कार्यालय चरिकोट ल्याईएको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनु भयो ।

सम्बन्धित समाचार