चरिकोटमा एमालेको शक्ति प्रदर्शन


चरिकोट, नेकपा एमालेले दोलखा सदरमुकाम चरिकोटमा शक्ति प्रदर्शन गरेको छ ।

स्थानीय तहको निर्वाचनका सन्दर्भमा भीमेश्वर नगरकमिटीले आयोजना गरेको वृहत सभामा एमालेले करिब ५००० मानिसको उपस्थिति गराएको हो।

यसअघि एमालेले नगरपालिकाका सबै ९ वटा वडामा भब्य उपस्थिति सहित वडा सभाहरु सम्पन्न गरिसकेको छ।

वडा तथा नगरसभाको उपस्थिति हेर्दा एमालेका मेयर उम्मेदवार हरिवंश चौलागाइले ठूलो मतान्तरले निर्वाचन जित्ने सुनिश्चित देखिएको छ।

एमालेको भीमेश्वरको दोलखा काठमाण्डौँ सम्पर्क मञ्चले काठमाण्डौँमा आयोजना गरेको कार्यक्रम पनि ठूलो उपस्थितिमा भव्यताका साथ सम्पन्न गरेको थियो।

काठमाण्डौँमा आयोजना गरिएको कार्यक्रममा नगरभरिका ६ दर्जन भन्दा बढी युवाहरु एमाले प्रवेश गर्दै निर्वाचन जिताउने घोषणा गरेका थिए।

भीनपामा एमालेको सुदृढ संगठन, क्रियाशील कार्यकर्ता र एमालेले पाँच बर्ष नगरमा गरेका गतिविधिलाई विश्लेषण गर्दा निर्वाचन जित्ने पक्का भएको एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर बताउँछन्।

नगर सभामा एमालेका पोलिटब्यूरो सदस्यद्वय आनन्द पोखरेल र पार्वत गुरुङ साथै केन्द्रीय सदस्य रचना खड्काले सम्बोधन गर्दै भीनपामा एमालेको जीत सुनिश्चित भएको बताए।

भीनपा मात्र नभई एमालेले जिल्लाका ९ वटै पालिकामा यस पटकको निर्वाचनमा जीत हाँसिल गर्ने पक्कापक्की भएको उनीहरुले जानकारी दिएका छन्।

सम्बन्धित समाचार