अर्थ र ब्यापारबागमतीमुख्य समाचारसमाचार

नेपालमा ठूलो स्टोरेज परियोजना आवश्यक – प्रधानमन्त्री देउवा

दोलखा/प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सुख्खा मौसम (ड्राई सिजन) मा ठूला स्टोरेज परियोजना आवश्यक रहेको उल्लेख गर्नुहुदै सरकारले बूढी गण्डकी र पश्चिम सेतीलाई प्राथामिकताका साथ अघि बढाउने बताउनु भयो ।
नयाँ खिम्ति सवस्टेशनको उद्घाटन पछि दोलखाको गाेंगरमा भएको औपचारीक कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै प्रधानमन्त्री देउवाले सरकारले सुख्खा मौसममा वैकल्पिक उर्जाको व्यवस्थामा ध्यान दिएको उल्लेख गर्नुहुदै हाईड्रो प्रोजेक्टबाट स्वच्छ र हरित उर्जा उत्पादन हुने समेत बताउनु भयो ।
प्रधानमन्त्री देउवाले झोलामा खोलाको प्रशंग उल्लेख गर्नुहुदै काम नगरेर लाईसेन्स होल्ड गर्ने प्रवृत्तिलाई सरकारले निरुत्साहित गर्ने बताउनु भयो । उहाँले जलविद्युत आयोजनाहरुमा स्थानिय सरकारको समेत सेयर लगानी रहने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्नुहुदै त्यसले आयोजनामा स्थानिय सरकारको अपनत्व रहने बताउनु भयो ।
कार्यक्रममा मन्तव्य व्यक्तगर्ने क्रममा पूर्व मन्त्री एवं सांसद पार्वत गुरुङ र बागमति प्रदेशका बन तथा वातावरण मन्त्री विशाल खड्काले नेपाल भारत चिन जोड्ने सडक अघि बढाउन लामाबगरमा सुरुङ निर्माणको काम हुनुपर्ने उल्लेख गर्नुभएपछि प्रधानमन्त्री देउवाले आफु केहि बर्ष अघि लामाबगर आउदा सानो गाँउ रहेको उल्लेख गर्नुहुदै अहिले सोहि ठाँउबाट नेपाल भारत चिन जोड्ने सडक अघि बढ्ने कुरा सुनेर खुशी लागेको बताउनु भएको थियो ।
प्रधानमन्त्री देउवाले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले नेपालको विद्युत सङ्कट समाधानमा उल्लेख्य भूमिका खेल्ने उल्लेख गर्नुहुदै आयोजना निर्माणमा सहभागि तथा सहयोगी सबैलाई धन्यवाद समेत दिनुभएको थियो ।
कार्यक्रममा मन्तव्य व्यक्त गनुृहुदै उर्जा तथा जलश्रोत मन्त्री पम्फा भुषालले अहिलेसम्म नेपालका ५० लाख जनसंख्याले विद्युतको उपभोग गरेको उल्लेख गर्नुहुदै अबको दुई बर्षमा सबै नेपालीले विद्युतको उपभोग गर्न सक्ने अवस्था बन्ने बताउनु भयो ।
कार्यक्रममा पूर्व मन्त्री पावृत गुरुङ, सांसद जीपछिरीङ लामा, बागमति प्रदेश मन्त्री विशाल खड्का, उर्जा सचिव देवेन्द्र गौतम लगायतले माथिल्लो तामाकोसी आयोजनाबाट स्थानियलाई सोचे अनुसारको लाभ नभएको बताउनु भएको थियो । कउहाँहरुले स्थानियलाई थप सेयरको व्यवस्था र अन्य आयोजनाहरुमा ४९ प्रतिशत लगानी सुनिश्चित हुनुपर्ने माग समेत गर्नु भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको नयाँ खिम्ति सव स्टेशनमा ४७ किलोमिटर लामो २२० केभी डवल सर्किट प्रसारण लाईनबाट माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादीत ४५६ मेगावाट विद्युत जडान भै सकेको छ । यो सव स्टेशनमा माथिल्लो तामाकोसी आयोजनाका अलवा ६० मेगावाट क्षमताको खिम्ति पहिलो, ५२ दशमलब ४ मेगावाटको लिखू चौथो, र २४ दशमलव २ मेगावाटको लिखू खोला ए बाट उत्पादीत विद्युत समेत जोडिएको छ ।
त्यसैगरी यस सव स्टेशनबाट ७३ किमी २२० केभी प्रशारण लाईनबाट ढल्केवर स्थित ४००/२२०/१३२ केभी सवस्टेशन र ४६ किमी लामो १३२ केभी प्रसारण लाईनबाट लामोसाँगु स्थित १३२ केभी सवस्टेशन हुदै नेपालको राष्ट्रिय विद्युत प्रणालीमा विद्युत प्रवाह भईरहेको छ ।

सम्बन्धित समाचार