मुख्य समाचारसमाचार

कालिञ्चोक क्षेत्रमा बुधवार बेलुकाबाट हिमपात सुरु

दोलखा/दोलखाको कालिञ्चोक क्षेत्रमा आज बुधवार बेलुकाबाट हिमपात सुरु भएको छ । ३८४२ मीटरको उँचाईमा रहेको कालिञ्चोकमा आज बुधवार बेलुका ८ बजेबाट हिमपात भएको स्थानिय सुनपाति होटलका सञ्चालक बिमल ओझाले बताउनु भयो ।
अघिल्लो हप्ताको हिमपातले सेताम्य बनेको कालिञ्चोकमा बुधवारबाट पुनः हिमपात भएपछि अत्यधिक चिसो बढेको छ । कालिञ्चोक आपास सबैतिर हिउँले ढाकिएपछि वातावरण थप रमणीय बनेको कालिञ्चोक केबलकारमा कार्यरत शुसान्त ढुङ्गाना बताउनु हुन्छ ।
अघिल्लो हप्ता भारी हिमपात भएको कालिञ्चोकमा शनिवार र आईतवार केहि समय हिमपात भएको थियो । बुधवार बेलुकाबाट पुनः हिमपात सुरु भएपछि कालिञ्चोकका होटल व्यवसायीहरु उत्साहित भएको ओझाले बताउनु भयो । कालिञ्चोकमा पुगेका पर्यटकहरु रातको समयमा पनि हिउँमा रमाई रहेको होटल व्यवसायी ओझा बताउनु हुन्छ ।
पछिल्लो समय कालिञ्चोकमा नेपालको तराई तथा काठमाडौँ उपत्यकासंगै भारतको बिभिन्न ठाँउबाट समेत ठूलो संख्यामा पर्यटक आउन थालेको सथानिय होटल व्यवसायीहरुले बताएका छन् ।

सम्बन्धित समाचार