अर्थ र ब्यापारमुख्य समाचारसमाचार

विदुर शर्माको गुनासो – घरबार मेरो लिलाम निस्केको छ, अनि मै मिटरब्याजी !

दोलखा/युवा व्यवसायी एवं राजनीतिज्ञ बिदुर शर्माले आफुलाई मिटरब्याजिको आरोप सहित बिभिन्न अनलाईनहरु मा प्रकाशीत समाचारले आफ्नो चरित्र हत्या भएको उल्लेख गर्दै कानुनी उपचार खोज्ने बताएका छन् ।
केहि समय देखि निर्माण व्यवसायी प्रकाश कार्कीलाई मिटरब्याजमा पैसा लगानी गरेको र उनलाई बन्दक बनाएर लगानी गरेको भन्दा धेरै गुणा बढी रकम र जग्गा समेत पासगरी लिएको आरोप सहित बिभिन्न अनलाईनमा प्रकाशीत समाचारमा कुनै सत्यता नभएको शर्माले बताए ।
आफु ब्यवसायि, राजनीतिक एबं सामाजिक क्षेत्रमा सक्रिय भएकोले २०७७ साल तिर नाताले अङ्कल पर्ने राजनीतिक नेता रबिन्द्र कार्की मार्फत एउटै गाउँपालिका दोलखा मेलुङ गाँउपालिकाका प्रकाश कार्कीसँग आफ्नो चिनजान भएको र उनले रौतहटको चन्द्रनिगाहापुरमा रेल्वे ट्रयाकको काम गर्ने गरि ७७ करोड ९० लाख तिन हजार १ सय पाँच रुपैया ६६ पैसामा श्री रौताहा ÷हिमडुङ एण्ड थोकर ÷कन्काई जेभिसँग त्रिनेत्र साकार कन्ट्रक्सन मार्फत पेटि कन्ट्राकमा काम गर्न लागेको जानकारी पाएपछि आफुले केहि रकम सहयोग गरेको शर्माको भनाई छ ।
प्रकाश कार्कीलाई रेल्वे ट्रयाकको काम गर्न आर्थिक समस्या भएकोले सहयोग गरिदिन अङ्कलले नै आग्रह गरेपछि बिभिन्न ब्यक्ति र बैकबाट ऋण समेत लिई आफुले पटक पटक गरि ७ करोड भन्दा बढि रकम सहयोग गरेको तर आफुले उक्त रकमको ब्याज हैन पुरा साँवा रकम समेत लिन नसकेको शर्माको गुनासो छ ।
आफुले चिनेको एक जना मार्फत लिइदिएको पैसा समेत प्रकाश कार्कीले समयमै तिर्न नसक्दा आफ्नो नाममा रहेको भक्तपुर बालकोटको कि.न. ५३ को १४ आना जग्गा ऋण दिने ब्यक्तिलाई पास समेत गरिदिएको व्यवसायी विदुर शर्माको भनाई छ । आफ्नो नामको बालकोटको जग्गा ऋण दिने ब्यक्तिलाई पास गरिदिएपछि अङ्कल रबिन्द्र कार्की कै रोहबरमा प्रकाश कार्कीको सासुको नाममा बुटवल देबदह– ७ मा रहेको कि.न.८२४ को ४ कठ्ठा जग्गा भने प्रकाश कार्कीले आफ्नो नाममा पासगरि दिएको शर्माले बताए । यसरी अङ्कलकै रोहवरमा पास गरिदिएको जग्गाको विषयमा समेत जर्वजस्ति अपहरण शैलीमा जग्गा पास गराएको भनि आफ्नो चरित्र हत्या गर्ने काम भएको उनले गुनासो गरे ।
अङ्कल रबिन्द्र कार्कीको आग्रहमा एउटै गाँउपालिकाको भएको नाताले ब्यवसायमा लगानी गर्नु पर्ने धेरै रकम प्रकाश कार्कीलाई दिएकै कारण बैकको ऋण तिर्न नसक्दा आफ्नो नाममा रहेको घरजग्गा लिलाममा निस्कीएको तर उल्टै आफुले मिटर ब्याजमा रकम लगानी गरेको, मिटर ब्याज भन्दा डबल रकम असुलेको, अरुको जग्गा पास गरेर लिएको, मानिसलाई अपहरण गरेको जस्ता कपोकल्पित आरोप सहित आफुले चिनजानका बिभिन्न विशिष्ट व्यक्तिहरुको नाम र फोटो समेत राखेर अनावश्यक रुपमा उहाँहरुको समेत बद्नाम गर्ने काम केहि अनलाईनहरुले गरेकोले आफुलाई थप पीडा भएको शर्माको गुनासो छ छन् ।

सम्बन्धित समाचार