कला / साहित्यधर्म/संस्कृतिमनोरन्जनमुख्य समाचार

नेपाल सम्वत ११४२ मा सम्मान र शुभकामना

दोलखा/चरिकोट गुठीको मुख्य आयोजना तथा लालिगुराँस युवा क्लब चरिकोट, पुशपति मन्दिर संरक्षण समिति र चरिकोट पुरानोबजार खानेपानी उपभोक्ता समितिको संयुक्त आयोजनामा दिपावली, नेपाल सम्वत ११४२ तथा छठ पर्वको अवसरमा शुभकामना आदात प्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा चरिकोटबाट प्रशारण हुदै आएको कालिञ्चोक एफ, गोरखापत्र दैनिकका दोलखा सम्वाददाता एवं राम्रो पोष्ट अनलाईनका सम्पादक /प्रकाशक कैलाश लामा लगायत बिभिन्न सामाजिक अभियन्ता, सहकारी संस्थाहरु, काठमाडौँ मच्छे गाँउका सांस्कृतिक कर्मीहरु र जेष्ठजनहरुलाई लालिगुराँस युवा क्लबको तर्फबाट भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुदै नगरप्रमुख भरतबहादुर केसीले समाज विकासको लागि सांस्कृतिक पहिचान तथा परम्परागत चाँड पर्वहरुको संरक्षण आवश्यक हुने उल्लेख गर्नुहुदै भीमेश्वर नगरपालिकाले यसको लागि विशेष रुपमा काम गरिरहेको बताउनु भयो ।
चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेकराज निरौला, प्रेस काउन्सीलका सदस्य चिरञ्जीवी मास्के, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य रामेश्वर मानन्धर, शंखधर श्वाखा समिति चरिकोटका अध्यक्ष राजेन्द्र मानन्धर, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, कालिञ्चोक एफएमका अध्यक्ष दिपक वस्नेत, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक बुद्धिबहादुर मर्हजन, जनपथ प्रहरीका प्रहरी निरीक्षक अञ्जन कोईराला, जिल्ला मालपोत कार्यालय दोलखाका निमित्त प्रमुख मुरारि दुलाल, दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठ, लेखापढी व्यवसायी संघ दोलखाका अध्यक्ष नारायणभक्त श्रेष्ठ, चरिकोट पुरानो बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष विमल श्रेष्ठ, लालिगुराँस युवा क्लब चरिकोटका अध्यक्ष प्रविण श्रेष्ठ, पशुपति मन्दिर संरक्षण समितिका अध्यक्ष विपिन श्रेष्ठ, लालिगुराँस युवा क्लबका पुर्व अध्यक्ष नारायणलाल श्रेष्ठ, जयराम श्रेष्ठ, नवराज श्रेष्ठ, क्षेत्रपा दैविप्रकोप समितिका भरत रोन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
तीन दिनसम्म आयोजना गरिएको कार्यक्रमको पहिलो दिन काठमाडौँ मच्छेगाँउका सांस्कृतिक टोलिले लाखेना सहित बजार परिक्रमा गरेका थिए भने दोस्रो दिन साङ्गितिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको अन्तिम दिन नेवारी भेषभुषा सहित बजार परिक्रम, सम्मान र शुभकामना आदानप्रदान गरिएको लालिगुराँस युवा क्लबका सचिव विपिन श्रेष्ठले बताउनु भयो ।

सम्बन्धित समाचार