६ कात्तिक चरिकोट
चरिकोट अस्पताल चरिकोटलाई कारितास नेपालले स्वास्थ्य सामग्री सहयोग गरेको छ । करिब ४० लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको अस्पतालका प्रमुख डा. विनोद दंगालले जानकारी दिनुभयो ।
क्याथोलिक रिलिफ सर्भिसको प्राविधिक सहयोगमा “नेपाल कोभिड १९ प्रतिकार्य परियोजना” अन्तर्गत चरिकोट अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको कारितास नेपालका दोलखा फोकल पर्सन शम्भु ठकुरीले जानकारी दिनुभयो ।
सहयोग गरिएका सामग्रीहरु अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, भेन्ट्री फेश मास्क, पिपिइ सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, ह्याण्ड स्यानीटाइजर, बेबी कोट, बेबी वार्मर, बिलिरुविनोमिटर, सिप्याप नियोनेटनल साइज, इन्क्यूवेटर, इन्ट्यूवेशन सेट, ल्यार्याङ्गोस्कोप, स्टेथेस्कोप, अक्सिजन फेश मास्क आदि रहेका छन् ।
यी सामग्रीहरु अस्पतालकै माग बमोजिम कोभिड १९ को भावी सङ्क्रमणबाट बच्ने तयारीका लागि प्राप्त भएको डा. दंगालको भनाइ रहेको छ । साथै यी सामग्रीहरु बालबालिकाको उपचारका लागि बढी महत्वपूर्ण रहेकोले पनि माग बमोजिम नै आएको हुँदा आफूलाई खुशी लागेको डा.दंगालले जानकारी दिनुभयो ।
कारितास नेपालले दुई चरणमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पहिलो चरणमा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको रोहवरमा र दोस्रो चरणमा अस्पताल प्रमुख डा विनोद दंगालले नै सामग्रीहरु बुझिलिनु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्