दोलखा/जिल्ला समन्वय समिति दोलखामा प्रमुख डबल पाण्डेले नागरिक समाजका संस्थाहरुलाई काम गर्ने अनुकुल वातावरण निर्माण गर्न दोलखाका स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ ।
जिल्लामा नागरिक समाजका संस्थासँग साझेदार गर्ने निकायहरु कम हुदै गएको भन्दै यही अवस्था कायम रहे नागरिक समाज संस्थाको भूमिका कमजोर बन्न सक्ने भन्दै पाण्डेले सबै स्थानीय तहले नागरिक समाज संस्थाले काम गर्ने अनुकुल वातावरण तयार गर्ने आग्रह गर्नु भएको हो ।
जिल्ला समन्वय समिति दोलखाले आईतबार हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजनासँगको सहकार्यमा आयोजना गरेको गै्रह सरकारी संघ संस्थाहरुको बार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख पाण्डेले सरकारको अभियानमा सहयोग पुग्ने रचनात्मक किसिमका कार्यक्रम सञ्चालन गर्न नागरिक संस्थाहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा नागरिक समाज दोलखाका संयोजक चिरञ्जीवी मास्केले स्थानीय सरकार सञ्चालनमा सुधार, नागरिक समाज संगठनहरुको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र प्रस्तुत गर्नु हुँदै मास्केले स्थानीय तह र नागरिक समाज संस्था बिच सहकार्य बलियो हुन सकेमा मात्र स्थानीय तहको पादरर्शीता र जवाफदेहिता बढ्ने बताउँनु भयो । सो अवसरमा मास्केले स्थानीय सरकारको नीति निर्माण देखी योजना र कार्यक्रम कार्यन्वयन सम्म नागरिक समाजका संस्थाले सहकार्य बढाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले स्थानीय सरकार र नागरिक समाज विच एक अर्काको अस्तित्व स्विकार हुने गरी सहकार्य हुनु पर्ने बताउँनु भयो । कार्यक्रममा वैत्यश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले कारोना माहामारीको बेला नागरिक संस्थाले आफ्नो गाउँपालिकामा महत्वपुर्ण सहयोग पुर्याएको बताउँनु भयो ।
कार्यक्रममा गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयंमबहादुर खड्का, कालिञ्चोक गाउँपालिका अध्यक्ष बिन कुमार थामी लगायतले स्थानीय सरकार र नागरिक समाजका संस्था विच सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।
यसै विच सोही अवसरमा दोलखका क्रियासिल नागरिक संस्थाहरुको बार्षिक समिक्षा कार्यक्रम पनि सोही अवसरमा सम्पन्न भएको छ । कार्यक्रममा दोलखमा क्रियासिल विभिनन नागरिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले गत आर्थिक बर्ष सञ्चालित कार्यक्रमले पारेको प्रभाव र चालु आर्थिक बर्ष सञ्चालन हुने गतिविधिहरुको प्रस्तुति गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्