जानुका न्यौपाने
नेपालमा जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको उपयोगले स्थानीय स्तरमा सामाजिक, आर्थिक हिसाबले जीवनस्तर उकास्नमात्र हैन औषधीय गुणका कारण रोगको उपचार पद्धतिमा समेत ठूलो टेवा पुगेको छ । जडीबुटीको व्यवसायले नेपालका करिब ८० प्रतिशत मानिसहरूको जीविकोपार्जनमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । तर, यसतर्फ सरोकारावाला कसैको पनि ध्यान नपुग्नुले यस्ता महत्वपूर्ण जडिबुटीको दुरुपयोग भएको पाइन्छ ।
यसको सही महत्व बुझेर नेपाल सरकारको निरोगी नेपाल अभियानलाई प्रभावकारी बनाउन स्वच्छ र सकारात्मक सोचको विकास हुनु पर्ने हो । निरोगी जीवनशैली अगाडि बढाउनु अहिलेको आवश्यकता हो भन्ने सन्देश प्रवाह गर्नुपर्ने देखिन्छ । स्वस्थ खाना र नियमियत व्यायाम गर्नुका साथै आहार विहार, खाना लगायतका जीवनशैली परिवर्तनका लागि नागरिकहरु आफैं जागरुक हुनु पर्दछ । वास्तवमा स्वास्थ्य जीवन नै मानिसको मुख्य धन हो ।
हिमाल, पहाड, तराई जस्तो भौगोलिक, जैविक, साँस्कृतिक विविधता रहेको हाम्रो देशमा जहाँ विभिन्न प्रजातिका अमूल्य र औषधीजन्य जडिबुटीहरु प्रशस्त मात्रामा पाइन्छ । त्यसैले होला नेपाल सरकारको २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटमा सबै प्रदेशहरुमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गरिने छ भनेर उल्लेख गरिएको छ ।
विशेषगरी सबै तवरबाट विविधताले परिपूर्ण र धेरै प्रकारका जडिबुटीले भरिपूर्ण देश हो हाम्रो नेपाल । यहाँ गैरकाष्ठ जडिबुटीमा आधारित वनजन्य उद्यम सञ्चालन गरी युवाहरुको लागि रोजगारी र आर्थिक उपार्जनसँग आवद्ध गर्दै जडिबुटी जन्य औषधी उत्पादन गर्न सकिन्छ । जसबाट अति कम मूल्यमा कच्चा पदार्थ बेचेर महंगो मूल्यमा सोही कच्चा पदार्थबाट बनेको टयावलेट खरीद गरिरहेको अवस्था विद्यमान छ । यसलाई मनन् गर्दै नीति, योजना र बजेटको व्यवस्थापन गरेमा स्वदेशमा नै जडिबुटी खेती, संरक्षण, सम्वद्र्धन, प्रशोधन, प्रवद्र्धन र औषधी उत्पादनगरी मुलुककै अर्थतन्त्रमा टेवा पु¥याउनुका साथै स्वस्थ जीवनशैली अवलम्वन गर्न पनि सहयोग पुग्नेछ ।
खास गरी बोटबिरुवाका सम्पूर्ण अवयवहरू जसबाट औषधी तथा सुगन्धित वस्तुहरू निर्माण हुन्छन् र रोगव्याद आदिलाई निर्मूल पार्छन्, तिनै गुण भएका बोटबिरुवालाई जडीबुटी भनिन्छ । अंगे्रजीमा यसलाई ःभमष्अष्लब िबलम ब्चयmबतष्अ एबिलतक भनिन्छ जसअन्तर्गत औषधी उत्पादन, खाद्य पदार्थ, प्राकृतिक चिकित्सा, सौन्दर्य प्रसाधनका सामग्री र सुगन्धित मरमसला आदिमा प्रयोग हुने बोटबिरुवा पर्छन् । नेपालमा लगभग ६५०० प्रजातिका फूल फुल्ने र ४०६४ प्रजातिका फूल नफुल्ने वनस्पतिहरू पाइन्छ, जसमध्ये १८०० प्रजातिका औषधीजन्य जडीबुटीहरू पर्दछन् । तर जडीबुटीको गैरकानूनी तरिकाले पनि सङ्कलन, ओसार–पसार र व्यापार हुने भएकोले यसको यकिन सङ्ख्या थाहा हुन सकेको छैन । केही अध्ययनहरूका अनुसार नेपालमा १६१ प्रजातिका वनस्पतिजन्य गैरकाष्ठ वन पैदावार र जडीबुटीहरू पाइन्छन् भन्ने तथ्यमा भेटिन्छ ।
नेपालमा यस्ता महत्वपूर्ण जडिबुटीहरु पाइन्छन् जसको निर्यातको पनि असाध्यै सम्भावना रहेको जस्तै ः बधोचित्त, चिराइतो, श्रीखण्ड, रक्तचन्दन, पाँचऔंले, ठूलो ओखतो (बुढी ओषतो), पाखनवेद, पारिजात, जाई अतिस, अमला, अश्वगन्धा, असुरो, ओखर, क्यामोमाइल पूmल, कचुर, काउलो, काकरसिङ्गी, काकोली, कालो मुसली, कुट्की, गामडोल, गिठ्ठा, भ्याकुर, गुच्ची च्याउ, गुर्जो, घोडताप्रे, चिउरी, चिराइतो, चुत्रो, जटामसी, जिम्बु, जेठीमधु, झ्याउ, टिमुर, टुकी पूmल, डालेचुक, भुईचुक, तुलसी, तेजपात, धँयेरो, धुपी, नागवेली, निर्मसी, पदमचाल, पिपला, बज्रदन्ती, हर्रो, बर्रो, विष, विषफेज, बेल बोझो, भुतकेश, भोजपत्रको बोक्रा, मजिठो, यार्सागुम्बा, रिठ्ठा, रुद्राक्ष, लघुपत्र, लाल गेडी, लौठसल्ला, सतावरी, सतुवा, सर्पगन्धा, सल्लाको सिम्टा, सालधुप, सिमलको पूmल, सिकाकाई, सिल्टीमुर, सुगन्धकोकिला, सुगन्धवाल, सुनपाती, सेतो मुसली, सोमलता, अमला, कुट्की आदि रहेका छन् । तर यसको महत्व र संरक्षण, संवद्र्धन, प्रशोधन, प्रवर्धन कार्य भने छाँयामा परेको छ । यसको महत्व र मूल्य निश्चित समूह र व्यक्तिले मात्र बुझेको र सोही अनुरुप यसको व्यपार भएको पाइन्छ । जसले नेपाल सरकारको स्वस्थ नागरिक बनाउने लक्ष प्राप्तीलाई प्रभावकारी र पर्याप्त सहयोग पुग्न सकेको छैन । यसतर्फ पनि स्थानीय, प्रदेश र केन्द्र सरकारको तत्काल ध्यान जानु आवश्यक छ ।
जडीबुटीको प्रयोग मूख्यगरी नेपालको हिमाली क्षेत्रमा उच्च रहेको छ । जहाँ ग्रामिण क्षेत्रमा बसोबास गर्ने जनसंख्याको ठूलो अनुपात भोजन, पोषण, औषधी, मसला, सुगन्धित तेल, सौन्दर्यका सामान र अन्य उपयोगी पदार्थका श्रोतका रूपमा यस्ता वन पैदावारहरूमा परापूर्वकालदेखि नै भरपर्दै आएका छन् । त्यस्तै, कतिपय जडीबुटीहरू बिक्रि–वितरण तथा विदेश निकासी गर्न सङ्कलन गरिन्छ । जसले गर्दा यिनीहरूको महत्व ग्रामिण तथा राष्ट्रिय अर्थतन्त्रको एउटा प्रमुख श्रोतका रूपमा पनि रहिआएको छ । अझ यसले देशको अर्थतन्त्रमा थप टेवा पु¥याउन सक्छ । यस्ता जडीबुटीको उचित सदुपयोग गरी यसको व्यापारलाई व्यवस्थित गर्ने हो भने यसले नेपालजस्तो विकासशील देशमा स्थानीय जनताको जीविकोपार्जन तथा दैनीक जीवनशैली परिवर्तनमा ठूलो योगदान पु¥याउन सक्छ । कतिपय पहाडी जिल्लाहरूमा यस्ता जडीबुटीको व्यापारिक सङ्कलन स्थानीय सँस्कृतिको एउटा महत्वपूर्ण अङ्गको रूपमा रहिआएको छ । नेपालको ग्रामिण भेगका ८० प्रतिशत परिवार जडीबुटी र गैरकाष्ठ वन पैदावार को व्यापारिक सङ्कलनमा संलग्न रहेको पाइएको छ । नेपालमा जडिबुटी व्यापारबाट हुने आम्दानीले सम्पूर्ण पारिवारिक आयको ५० प्रतिशतसम्म हिस्सा ओगटेको छ । नेपालबाट व्यापार हुने जडीबुटीहरू र तिनका उत्पादनहरूको निर्यात मूल्य लगभग साढे दुई अर्ब रूपैयाँ रहेको अनुमान गरिएको छ । तर वास्तविक अभिलेख भने पाइएको छैन । नेपालबाट विदेश निर्यात हुने जडीबुटीको ठूलो हिस्सा अप्रशोधित जडीबुटीले ओगटेको छ । त्यसकारण यसलाई नेपालमा नै संरक्षण, सम्वद्र्धन, प्रशोधन, प्रवर्धन गरी औषधीय रुपमा नै सदुपयोग तथा विक्रि वितरण गर्न सकेमा अझ नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग पुग्नुका साथै अर्थतन्त्रमा पनि सकारात्मक सहयोग पुग्ने देखिन्छ । हाल आएर केही वनस्पतिजन्य पैदावारहरूको प्रशोधन गरी निर्यात गर्न थालिएको छ । जसमा विशेषगरेर सुगन्धित तेल पर्दछन् । नेपालमा खेती गरिएका र वनबाट सङ्कलन गरिएका २१ भन्दा बढी वनस्पतिबाट सुगन्धित तेल उत्पादन गरिन्छ । त्यसकारण पनि आयुर्वेद चिकित्सालाई अगाडि बढाउनु आवश्यक छ जसले स्वदेशमा नै पाइने जडिबुटी तथा प्राकृतिक चिकित्सा पद्धतिबाट नागरिकको स्वास्थ्य सुरक्षामा सकारात्मक र प्रभावकारी सहयोग पु¥याउन सक्छन् । हाल यो कोरोना भाइरस संक्रमणका समयमा प्राकृतिक चिकित्सा पद्धति तर्फ धेरै मानिसहरुले विश्वास गर्न थालेको पाइन्छ ।
यसरी उल्लेखित जडिबुटीमा आधारित खेती, उद्यम, व्यवसाय, औषधी उत्पादन र विक्रि वितरण स्वदेश र विदेशमा हुनसके हाम्रो देशको औषधी खरीदका लागि बाहिर जाने करोडौं मूल्य नेपालमा नै सञ्चित हुने थियो । त्यसका लागि जडिबुटी खेतीका लागि आधुनीक प्रविधिको प्रयोग गर्नु आवश्यक रहेको सम्बन्धित क्षेत्रमा लागेको हवर््स तथा हर्वल उत्पादक संघले बताउँदै आएको कुरा बेलाबखत समाचार माध्यमहरुमा अध्ययन गर्न, सुन्न र देख्न पाइन्छ । यसमा तीनै तहका सरकारहरुले समयमै संवेदनशील भएर कार्य थालनी गर्नु जरुरी छ । अन्तर्राष्ट्रिय क्षेत्रबाट अर्गानिक प्रमाणित भएको जडिबुटी मात्र नभई जडिबुटीको दिगो रुपमा खेती, संरक्षण, प्रशोधन र प्रवद्र्धन गरी निर्यात गर्ने वातावरण निर्माण गर्न पनि सरकारले पहल गर्नु पर्दछ । हाल नेपालमा ३२ प्रजातिका जडिबुटीहरु अर्गानिक प्रमाणित भइसकेका छन् । अन्य जडिबुटीको पनि अर्गानिक प्रमाणित गर्न तर्फ पनि तीनै तहको सरकार र सरोकारवालाहरु लाग्नु पर्दछ ।
आरोग्य जीवनको संकल्प, स्वस्थ र सुखी नेपालीको चाहना र समृद्धिका लागि जडीबुटी उद्यम भन्ने अभियानको आवश्यकता पनि देखिएको छ । विगतमा भएका यस्ता अभियानहरु गाउँस्तरसम्म पु¥याउँनु पर्ने आवश्यकता महशुस गरिएको छ । विभिन्न प्रदर्शनी विशेषगरी युवा लक्षित गरी नेपालमा पाइने र उत्पादन हुनसक्ने जडिबुटीलाई चिनाउन पनि प्रर्दशनी, जडिबुटी मेला, विभिन्न समूहमा अन्तरक्रिया, छलफल गर्नुपर्ने पनि अहिलेको आवश्यकता हो ।
निर्यातको सम्भावना रहेका उच्च मूल्ययुक्त वनस्पति र जडिबुटीको व्यवसायिक उत्पादन, प्रशोधन, प्रमाणीकरण र बजारीकरण गर्न प्रोत्साहित गर्नु आवश्यक छ । यसैलाई मध्यनजर गर्दै भौगोलिक सम्भाव्यताका आधारमा वनस्पति एवम् जडिबुटीका नर्सरी विकास गरी जडिबुटी बालीको बीमा गरी प्रिमियम रकममा ५० प्रतिशत अनुदान दिने व्यवस्था पनि वर्तमान सरकारले शुरु गरेको छ । यो पक्षलाई स्थानीय सरकारले पनि निरन्तरताका लागि पहल गर्नु आवश्यक छ । अलैंची, कफि अदुवा, जडिबुटी लगायत नेपालको पर्यावरण अनुकुल र मौलिक पहिचान भएका उत्पादनको प्रशोधन, प्याकिङ्ग, र ब्राण्डिङ्ग गरे जस्तै गरी अन्य जडिबुटीको लागि पनि सोही अनुसारको पहल गरेर अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गुणस्तर प्रमाणीकरण सहित निकासी र प्रवद्र्धन गर्न सकिन्छ । यसतर्फ तीनै तहका सरकार, सम्बन्धित सरोकारवालाहरुले समयमै ध्यान पु¥याउनु अहिलेको अपरिहार्यता हो ।
प्रतिक्रिया दिनुहोस्