जानुका न्यौपाने
नर्स, चिकित्सक, स्वास्थ्यकर्मी भनेको युद्ध मैदानमा सबैभन्दा अगाडि उभिने सैनिक जस्तै हो र्वतमान अवस्थामा । शत्रुका बन्दुकबाट छुटेको पहिलो गोली थाप्न उभिएको छाती जस्तै हो नर्सहरुको जागिर । यसलाई जागिरको रुपमा लिएका हुँदैनौं भन्छन चरिकोट अस्पतालका नर्सहरु । नर्स पढ्दै पनि केवल जागिर सोचेर पढेको हुँदैन । सेवाको भावले नै नर्स परिचालित हुन्छौं भनि बताउँछन् । जब सेता एप्रोन लगाएर बिरामीका अघि पुगिन्छ र उनीहरुले आशाको नजरले हेर्छन नर्सलाई र सो देखेर गर्व गछौं आफ्नो कर्मप्रति भनेर खुशी व्यक्त गर्छन् चरिकोट अस्पतालमा कार्यरत नर्सहरु । अहिले अन्य स्वास्थ्य सेवाका अलवा निरन्तर दोलखा जिल्लाभरिका चरिकोट अस्पतालमा आउने मानिसहरुलाई कोरोना विरुद्धको खोप लगाइरहेका छन् उनीहरुले । बालबालिकाहरुलाई नियमित लगाउने खोप पनि लगाउँछन उनीहरु ।
हामीेले यो बाहेक अरु नै विषय पढेर अरु नै काम पनि गर्न सक्थ्यौं । नेपालमा काम पाउन र पैसा कमाउन अन्य प्राविधिक विषयहरु पनि थिए । तर हामी सबैलाई रुचीको विषय उही थियो र पढ्यौं । हामीलाई परिवारका सदस्यले अनि गुरुहरुले जहिल्यै सम्झाइरहेका हुन्थे दयालु हुनु ! सहयोगी हुनु भनेर । त्यही सम्झेर साहसका साथ निरन्तर काम गर्छौं ।
हरेक दिन अनेकौं फरक–फरक रोगले सताइएका मानिसँग भेट हुन्छ र उनीहरुका पीडा र निराशाहरु सुन्नु पर्छ । नियमित स्वास्थ्य जाँच गराउन आउनेहरु आउँदा आउँदै आउनै छोड्छन् । कसैको बारेमा तत्काल कसैको बारेमा धेरैपछि थाहा पाइन्छ कि उनीहरु वितिसके भनेर दुःख लाग्छ । कुनैबेला हामी एक्लो अनुभव गर्छौं अनि एकअर्का बिच अनुभव आदान प्रदान गर्छौं । कमाई प्रशस्त नभए पनि कामप्रति आनन्द महशुस गर्छौं । जीवनमा धेरै ठूला सपना पनि छैनन् । छोरी मान्छेको रहर सन्तानमा खुशी साथ बस्ने । जीवनका बारेमा उनीहरुका सोचाइ र धारणाहरु एकदम नै सरल र सामान्य छन् । उनीहरुमा हतार, तनाव र उच्च लक्ष्यहरु केही पालेको देखिंदैन । यो सुनेर र देखेर मलाई खुशी लाग्छ ।
नर्सहरुको साहस र उनीहरुका कुरा सुनेर मलाई आफैंभित्र आनन्दको ज्योति बलेजस्तो लाग्न थाल्यो । व्यक्तिगत र पारिवारिक धेरै जिम्मेवारीहरु कम भएकाछन् । उनीहरु भन्छन् हामीले कमाएर कसैका लागि थुपार्नु पनि छैन । हाम्रो जन्म र मृत्यू कसैको निमित्त पनि त्यति खास कुरा होइन रहेछ भन्ने कुरा यस वर्ष धेरै मानिसहरु, दोलखालीहरु कोरोनाबाट ज्यान गुमाउँदा बुझेका छौं । त्यसैले हामीले आफूलाई एक प्रकारले लोभ, डर र घृणाबाट मुक्त गरेका छौं । त्यसपछि मलाई झन धेरै नर्सहरुको पेशाप्रति आस्था बढेर आयो । सबैभन्दा निःस्वार्थ सेवा भनेकै असक्त, कमजोर र रोगीको सेवा गर्नु हो । यिनै कुरा मैले व्यवहारिक संघर्षबाट पढिसकेको छु । म अब यो संसारलाई प्रकृतिको सुन्दर बगैँचाको रुपमा देख्न चाहन्छु भन्छन् चरिकोट अस्पतालका नर्सहरु । मैले अरु अस्पतालका नर्सहरु त भेट्न पाएको छैन अहिले । तर जति भेटें ती नर्सहरुको सोचाइ सकारात्मक पाइयो ।
अब हामीलाई मर्नुसँग कुनै डर छैन । किनकि संसारमा नमर्ने कुनै जीव छैन । हाम्रो महत्व र अर्थ हामी रहँदासम्म मात्र हो । हामी छैन भनेकै क्षणदेखि हामी हुनुलाई समेत सबैले बिर्सिने छन् । त्यसैले यो संसारमा बाँच्ने भनेको आफैंले हो र त्यो केवल आफ्ना लागि मात्र हो तर आफू बाँच्नका लागि अर्कालाई बाँच्न अवरोध पु¥याउनु होइन । हामी मरेका दिन पनि आकाशमा ताराहरु पृथ्वीका बोट, वनस्पति, जीवजन्तु सबै हुनेछन् र आफ्ना नाताका, चिनेजानेका मानिसहरु पनि त्यत्तिकै हुनेछन् । हाम्रो लाशलाई शवदाह गरेर फर्किने वित्तिकै उनीहरु घरमा आएर एकछिन हाम्रो निम्ति रुँदै गर्नेछन् र त्यही क्षण उनीहरुले सदाकालका लागि बिर्सिसक्नेछन् । हामीले बुझेको यही सत्यलाई कसैले नर्कान मिल्दैन । अनि हामी कुनै तनाव र कौतुहलताविनाको जीवन बाँच्न शुरु गरेका छौं ।
त्यसो भन्दा भन्दै हाम्रो मनभित्र अत्यन्तै ठूलो डरले घर गरेको थियो यो कोभिडको त्रासले । दोलखामा यस्तो अवस्था भइसकेको छ । कोरोनाले भेटेमध्ये चरिकोटबाट काठमाण्डौं रिफर गरिएका धेरै कम मात्र बाँचिरहेका छन् । हरेक दिन जुन प्रकारले बिरामीहरुको संख्या थपिँदै छ त्यस्ले यस्तो लाग्न थालेको छ कि यो नै मानव सभ्यताको अन्तिम समय हो ।
जब यो कोभिड १९ को आतंक दोस्रो पटक पनि विश्वव्यापी रुपमा फैलियो, सहजतामा भएका हाम्रा सीप, ज्ञान गुणका सबै कुरा स्थगित भए । हामी आफैं छक्क प¥यौं, कसरी मानिसभित्र जीवनको मोह पलाएर आउँछ ? किन धेरै बाँच्न मन लाग्छ ? यो यति भयानक महामारीको रुपमा देखा पर्ला भन्ने शुरुमा कसैले पनि सोचेका थिएनन् र हामीले पनि । अस्पतालमा आउनेहरुले पनि सामान्य प्रकारले नै उपचार गराउँदै थिए । तर एकाएक यो यस्तो आक्रमक भएर देखापर्न थाल्यो । हाम्रा सबै उपचार प्रविधिहरु किनारा लागे मानिसलाई बचाउन नसकेर । हामीलाई मात्र हैन संसारकै कुनै मानिसलाई पनि नेपाल भन्दा विकसित देशहरु आकस्मिक स्वास्थ्य उपचार पद्धतिका लागि यति अव्यवस्थित होला भन्ने लागेको थिएन जहाँ लाखौंले ज्यान गुमाउन पुगे । विकसित देशरुले हरेक कुरामा संसारलाई दिएको विकासका सन्देशहरु एकाएक धरासयी भए । हामीले देख्यौ कि नेपालमा मात्रै हैन संसरभरि स्वास्थ्यकर्मी नर्सहरुकै लागि अत्यावश्यक सुरक्षा, प्रतिरक्षात्मक सामाग्रीहरु पनि पर्याप्त मात्रामा उपलब्ध भएनन् । नभन्दै अचानक चिकित्सकहरु ढल्न थालेका सूचनाहरु आउन थाले ।
त्यसबेला हामी आश्चर्यचकित भएका थियौँ । जब संसारले एउटा सामान्य भाइरससँग हारेको छ र लाखौं मानिस मृत्युको मुखमा जाँदै छन् । हामीलाई लाग्छ यतिबेला विकसित देशले संसारभरि शक्तिको भरमा गरेको शासन, डलरले संसारभरि गरेको व्यापार र नासाले गरेको अन्तरिक्षको विजय सबैले एकैपटकमा घुँडा टेकेको छ । जब तमाम औषधी विज्ञान र वैज्ञानिकले हात उठाए, अन्तरिक्षको मानवयात्राको अभियान एउटा जीवाणुको विष भन्दा कमजोर रहेछ अनि हामी त के हौं र ? तथापि निडरतापूर्वक काम गरिरह्यौं चिकित्सक र अन्य सहकर्मी साथीहरुका साथ सामूहिक रुपमा निरन्तर ।
हामीले आफूलाई स्वस्थ व्यवहार अवलम्वन गर्ने हुँ र परिवारका सदस्यहरुलाई स्वस्थ व्यवहार प्रभावकारी रुपमा अवलम्वन गर भनिरहँदा थाहै भएन कतिखेर, कसबाट हामीलाई कोरोना उपहार प्राप्त भयो । हामीलाई थाहा थियो, हामीले सुनेको थियौंँ कोरोना संक्रमण भएर अस्पताल बस्नु भनेको छटपटाउँदै मर्नु मात्र हो भन्छन् रे । तर घरमा एकान्तबास बसेर सिकिस्त भएपछि अस्पताल आउनेहरु भन्दा अस्पतालमा नै आएर समयमा नै उपचार गराउनेले मात्रै नयाँ प्राप्त गरेका छन् । हामीले पनि जीवन वा मृत्युमध्ये एकको प्रतिक्षामा बस्नु पर्ने अवस्था थियो र पनि हामी ज्यानको प्रवाह नगरी सेवा प्रदान गरिरह्यौं । जुनबेला हामी नर्स, स्वास्थ्यकर्मीहरु समाचारहरु अनि समाजिक सञ्जालहरु हेरिरहेको हुन्थ्यौं त्यसबेला धेरै जनाले कोरोना संक्रमण भएर शरीर त्याग गरिसकेका थिए, मृत्युवरण गरिसकेका थिए । केही हामीले नजिकबाट चिनेकाहरु प्नि थिए । उनीहरु असाध्यै मेहनती र भलादमी थिए । तर उनीहरुले आत्मबल कमजोर बनाएर या त समयमा अस्पतालमा नपुगेर कि के हो ? मृत्युको डरले मर्नुभन्दा पहिल्यै मरे । मर्नुभन्दा पनि मर्ने डर ठूलो रहेछ । तर हामीले बिरामीहरुलाई हरेक क्षण बाँच्नु पर्छ भनिरह्यौं । अर्धचेतनमा पनि हाम्रो मनमा एउटै कुरा हुन्थ्योे हाम्रा जिल्ला देशले, हाम्रा आफन्त र हामीले चिनेकाहरु छिट्टै निको हुनुपर्छ यो कोरोना भाइरसलाई जित्नु पर्छ । सबै नेपालीहरु बाँच्नु पर्छ ।
आज हामी फेरि स्वस्थ भएका आफन्तहरुको खुशीकोे खबर सबैलाई सुनाइरहेका छौं । अब सबै ढुक्क हुनुहोला अब कोरोना विस्तारै नियन्त्रण हुनेछ हामी सबै स्वस्थ हुनेछौं । हामी तपाईंहरुले दिएकै ज्ञान, सीप र सकारात्मक व्यवहारबाट नै हाम्रो जीवन र मृत्यू बीचको अनुभूति सहित अगाडि बढ्नेमा प्रतिवद्ध छौं । अनि गर्वका साथ भन्न मन लागेको छ हामी नर्सहरुले जे गरिरहेको छौं, यो काम त जसले पनि गर्न सक्छ । हामी नरहे पनि हामीले गरेजस्तो काम रहिरहन्छ र यो काम गर्नेहरु पनि भईनै रहन्छन् । हामी आफैं मात्र सधैं रहन्नौ र हामीले चाहेको कुरा हामी बाहेक अरु कसैले पूरा गरिदिदैनन् पनि । हामीलाई लाग्यो कि बाँच्नु भनेको सास फेरिरहनु मात्र होइन । आफू हुनुको अर्थ सहित बाँच्नु पो बाँच्नु हो । त्यही सम्झेर हामी नर्स, स्वास्थ्यकर्मीहरु अहोरात्र खटीरहेका छौं । कोभिड बिरुद्धको खोप, कोभिड संक्रमण प्रत्यक्ष निग्रानी, चिकित्सकको निर्देशन अनुसार हेरचाह, नियमित बालबालिकाको खोप लगाएर यिमित स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं भनेर गर्वका साथ चरिकोट अस्पतालका नर्सहरुले बताइरहँदा उहाँहरु र सम्पूर्ण स्वास्थ्यकर्मीप्रति उच्च सम्मान छ मेरो अनि हाम्रो तर्फबाट । यी सबै दुःख सुखका सवाल मैले प्रतिमा भट्टराई र उर्मिला चौलागाईंसँग कुराकानी गरेको हुँ ।
प्रतिक्रिया दिनुहोस्