दोलखा/सदरमुकाम चरिकोटमा रहेको लालि गुँरास युवा क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कोरोना संक्रमण (कोभिड १९) को महामारीलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोशाईटी दोलखा शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष प्रबिन श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा क्लबका सदस्य तथा अन्य शुभेच्छुकहरु गरी १५ जनाले रक्तदान गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । रक्तदान कार्यक्रमको शुभारम्भ दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटीले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रश सोशाईटी दोलखा शाखाका सभापति गोकर्णप्रसाद पोखरेल, चरिकोट गुठीका अध्यक्ष रामदास श्रेष्ठ, दोलखा उद्योग बाणिज्य संघका कोषाध्यक्ष अनिता श्रेष्ठ, दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठ, क्लबका सचिव मनकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्