दोलखा/१११ औ अन्तराष्ट्रिय महिला दिवस (८ मार्च) को सन्र्दभमा दोलखाको भीमेश्वर नगरपालिकाले अन्तर माध्यामीक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगीता आयोजना गरेको छ ।
आर्थिक सशक्तिकरणका लागि श्रमीक महिलाहरुको अधिकार, वर्तमान अवस्था र चुनौतीहरु विषयक नगरस्तरीय प्रतियोगीतामा सात वटा माध्यामीक विद्यालयका १२ जना छात्रा तथा छात्रहरुका सहभागिता रहेको थियो ।
प्रतियोगीतामा कालिञ्चोक माध्यामीक विद्यालयका सचिन खरेल प्रथम, पशुपति कन्या मन्दिर माध्यामीक विद्यालयका विपना नेपाली द्धितिय, कालिञ्चोक माध्यामीक विद्यालयकै काजोल शिवाकोटी तृतिय र महेन्द्रोदय माध्यामीक विद्यालय माटीको अनुसा श्रेष्ठ सान्त्वना भएका छन् ।
भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला वस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखाका डाक्टर पुनम नेपाल, भीमेश्वर नगरपालिकाका नगरकार्यपालिका सदस्य रुपा शाहि लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्