कला / साहित्यमनोरन्जनसमाचारसुचना

जन्म दिनको अवसरमा पत्रकार महासंघलाई सहयोग

दोलखा/युवा व्यवसायी एवं किस्मत रेष्टुरेन्ट एण्ड गेष्ट हाउसका सञ्चालक शान्त कुमार जिरेलले आफ्नो जन्म दिनको अवसरमा नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणको लागि १५ हजार रुपैया सहयोग गर्नु भएको छ ।
जन्म दिनको अवसरमा शनिवार आफ्नै रेष्टुरेन्टमा आयोजित विशेष कार्यक्रममा दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर ८ क्षत्रपा स्थाई घर भएका जिरेलले पत्रकार महासंघ दोलखाका अध्यक्ष जिवन लामालाई सहयोग रकमको चेक हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा जिरेको पिता कुल बहादुर जिरेल, माता मोति माया जिरेल र चर्चिक कलाकार उमेश राई (फुलनदेको आमा) लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा कलाकारहरु उमेश राई (फुलनदेको आमा), विजय राई, रश्मी राई, नवराज पराजुली, रिवेश राईहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार