मुख्य समाचारयो पनिसमाचार

१०५ बर्षको उमेरमा नागरिकताको प्रमाणपत्र !

दोलखा/दोलखा मेलुङ गाँउपालिका वडा नम्बर ३ घ्याङ सुकाठोकरको दुर्गामाया कार्कीले १०५ बर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नु भएको छ । जिल्ला प्रसाशन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले कार्कीलाई नागरिकताको प्रमाणपत्र प्रदान गर्नु भएको हो ।
१९७२ साल भदौ १८ गते दोलखाको तत्कालिन मालु गाविसमा जन्मनु भएको दुर्गामाया कार्की करिब ७७ बर्ष अघि इन्द्रबहादुर कार्कीसंग विवाह गरेर तत्कालिन घ्याङ सुकाठोकर गाविस वडा नम्बर ९ पुग्नु भएको थियो । दोलखा तामाकोसी गाँउपालिका वडा नम्बर ४ मालुको जन्म प्रमाणीत तथा कार्कीको जेठाजुको छोरा गोकुलबहादुर कार्की र नाति दिपेन्द्रकुमार कार्कीको सनाखतको आधारमा जिलला प्रसाशन कार्यालय दोलखालाई नागरिकता प्रदान गर्न वडाले सिफारीस गरेको वडा नम्बर ३ घ्याङ सुकाठोकरका वडा अध्यक्ष हिराकुमार तमाङले बताउनु भयो ।
नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि आफुले सरकारले उपलब्ध गर्ने सबै खालको सेवा सुविधा प्राप्त गर्न सक्ने जेष्ठ नागरिक दुर्गामाया कार्कीले बताउनु भयो । जेष्ठ नागरिक कार्कीलाई वडाले दिने सबैखाले सुविधा उपलब्ध गराउने वडा अध्यक्ष हिराकुमार तमाङले बताउनु भयो ।
जिल्ला प्रसाशन कार्यालय दोलखाबाट बढी उमेरमा नागरिकता लिने दुर्गामाया कार्की अहिलेसम्मको पहिलो जेष्ठ नागरिक भएको शाखा अधिकृत औलखबहादुर आलेले बताउनु भयो ।

सम्बन्धित समाचार