दोलखा/भविश्य निर्माण महिला बचत तथा ऋण सहकारी संस्था बैतेश्वर ५ मैनापोखरीको २५ औ बार्षिक साधारण सभा विहिवारबाट शुभारम्भ भएको छ । साधारण सभाको शुभारम्भ नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनका संचालक समिति सदस्य जीवसराज खड्काले गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष प्रतिभा घिमिरेको अध्यक्षतामा भएको साधरण सभा शुभारम्भ कार्यक्रममा सस्थाका सचिब ज्योति केसीले बार्षिक प्रगति प्रतिबेदन तथा कोषाध्यक्ष गुणामन्जरी शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । महिला शेयर सदस्य मात्र रहेको र महिलाद्वारा नेतृत्व गरी संचालन गरिएको संस्थाले वैतेश्वर गाउँपालिका कार्यक्षेत्र रहि सेवा पुर्याउदै आएको छ ।
सहकारीमा १ हजार पाँच सय २० जना शेयर सदस्य तथा ३ करोड ६७ लाख ४८ हजार ६ सय त्रीयासी कुल पुजी रहेको छ । संस्थाले बचत तथा ऋण कारोबार को अलवा महिलाहरु लाई सशक्तीकरण तथा सचेतिकरण गरी महिलाको आर्थिक विकास, सामाजिक विकास र सांस्कृतिक रुपान्तरण मा भुमिका खेलेको संस्थाकि अध्यक्ष प्रतिभा घिमिरेले जानकारी दिनुभयो।
संस्थाले सामाजिक सेवा तर्फ शेयर सदस्य को मृत्यु हुँदा किरिया खर्च, बर्षभरी सुत्केरी भएका सदस्यलाई सहयोग, एसइइमा उत्कृष्ट अंक ल्याउने बाल सदस्यलाई सम्मान तथा छात्रवृत्ति बितरण जस्ता बार्षिक कार्यक्रम रहेको संस्थाकी ब्यबस्थापक उर्मिला केसिले जानकारी दिनुभयो । यसैबिच संस्थाले साधारण सभामा दोलखाको सहकारी अभियान को नेतृत्व गर्दै नेफ्स्कुन को संचालक समिति सदस्य मा निर्वाचित भएकोमा जीवसराज खड्का र जिल्ला बचत संघ मा निर्वाचित अध्यक्ष भुमिराज खड्कालाई बधाई सहित अभिनन्दन गरेको पत्रकार नवीन कुमार खतिवडाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनका संचालक समिति सदस्य जीवसराज खड्का, बागमती प्रदेश सहकारी संघका महासचिव भीम प्रसाद दहाल, वैतेश्वर गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्य र दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्